९७ बर्षको उमेरमा जागिर खाने यी पाका भन्छन, म रोकिन चाहन्न
धेरै मान्छेको एउटा उमेर आएपछि उसले रिटायर हुने कुरा सोच्न थाल्छन । यदि कसैको उमेर सय बर्षको आसपास छ भने उसको कुनै काम गर्नलाई पनि अर्काको सहारा चाहिन्छ । तर अमेरिकाको न्यूजर्सीस्थित पर्थमा बस्ने बेनी फिटेसो ९७ बर्षको उमेरमा पनि रिटायर हुने कहिल्यै सोच्दैनन् । आजसम्म पनि उनि स्थानीय एक स्टोरमा हप्ताको दुई दिन चार घन्टे शिफ्टमा ब्याग ब्योएको काम गर्छन ।
बेनी पहिला एक कस्मेटिक कम्पनीका सुपरभाइजर थिए । जहाँबाट उनि ८० को दशकमा रिटायर्ड भए । त्यसपछि पनि उनि निरन्तर कुनै न कुनै काम गर्दै आएका छन । उनि आफूलाई हरेक दिन मेहनतकासाथ काम गर्न मनपर्ने बताउँछन ।
सात बर्षको उमेरमा जुत्ता चम्काउने काम : सात बर्षको उमेरमा नै पहिलो पटक जुत्ता चम्काउने काम गरेको बेनी बताउँछन । त्यसपछि उनि बारबर स्कूलमा गए र पछि सेनामा भर्ना भए । दोस्रो विश्वयुद्धमा उनले एयर फोर्समा रहेर काम गरे । उनि मिसेल बम्बरमा गनर थिए । उनले धेरै समय दक्षिण अफ्रिका र इटालीमा बिताए । उनले त्यो विश्वयुद्धमा के गरे आज त्यसको अर्थ रहेन तर उनि अहिले पनि आफ्नो काममा एउटा योद्धाको जस्तो गरी पुग्छन र प्रतिबद्धताकासाथ आफ्नो काम शुरु गर्छन । उनि चार घन्टे शिफ्टमा एक पटक पनि ब्रेक लिदैनन् ।
म रोकिन चाहन्न : स्टोरका मेनेजर माइक मौस भन्छन, बेलीलाई ब्रेक लिन भन्यो भने उनि घुरेर हेर्छन र भन्छन, ‘म रोकिन चाहन्न र मलाई काम गर्न नसिकाऊ ।’
स्रोत : एजेन्सी