२०८१ चैत्र ९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाण्डौ । केही दिनदेखि अत्याधिक बढेको तापक्रम सोमबार देखि केही मात्रा घट्ने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार तामक्रम केही मात्रमा घट्नुका साथै सोमबार देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।
महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भने ‘बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावका कारण सोमबार बिहानैदेखि पूर्वी भेगमा बदली भइरहेको छ र यो क्रम रातिसम्म नै रहन्छ । बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले नै पहाडी र हिमाली भेगको मौसम दिनभर आशिंकदेखि सामान्य बद्ली भई बेलुकीपख पानी पर्ने सम्भावना रहेको छ ।’

बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव सुदूरपश्चिम क्षेत्रमा नपरे पनि पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना भने रहेको उनले बताए । उनका अनुसार अझै एक दुई दिनको मौसम यस्तै रहने छ । तर तराइमा भने सोमबार पनि हिजोअस्ती जस्तै गर्मी हुने सम्भावना रहेको मौसमविद् अर्यालको भनाइ छ ।