२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

फिक्कल । । इलामको सूर्योदय नगरपालिका वडा नं. १२ स्थित करफोकमा पूर्वी पहाड कै पहिलो फुटवल ट्रेनिङ्ग सेन्टरको स्थापना हुने भएको छ । यससम्बन्धी बुधबार सूर्योदय नगरपालिका र अखिल नेपाल फुटवल संघ (एन्फा)का बीच सम्झौता भएको छ । बुधबार  सम्झौता पत्रमा सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई र एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले  हस्ताक्षर गरे ।


टेनिङ्ग सेन्टर निर्माणको लागत करिब एक करोड ३० लाख हुने अनुमान गरिएको छ । कुल लागतमध्ये आधा एन्फा र आधा नगरपालिकाले ब्यहोर्ने छन । निर्माण शुरु भएको पाँच वर्षमा ट्रेनिङ्ग सेन्टरको निर्माण पुरा हुने बताइएको छ ।
एन्फा अध्यक्ष शेर्पाका अनुसार, ट्रेनिङ्ग सेन्टरमा खेलाडीहरुको चेन्जिङ्ग रुप, रेफ्रि चेन्जिङ्ग रुपम, मेडिकल रुम, प्रशासनिक कक्ष र मिटिङ्ग हल, जिम सहितको भवन निर्माण हुने छ । त्यस्तै ७० रोपनी जग्गमा तीनवटा खेलमैदान निर्माण गरिने छ ।


सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले खेलाडीको प्रतिभा विकासमा टेनिङ्ग सेन्टर प्रभावकारी हुने बताए ।
पूर्वी पहाडी क्षेत्रमा पहिलो पटक स्थापना हुन लागेको फुटवल टेनिङ्ग सेन्टरले यस क्षेत्रको खेल विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।