२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । नेपाली सेनाले शनिबार एकै दिन करीब ३८ हजार बिरुवा रोपेको छ । नेपाली सेनाले यही वर्षायामभित्रै मुलुकका विभिन्न स्थानमा एक लाख ५० हजार बिरुवा रोप्ने अभियान शुक्रबारदेखि शुरु गरेकोमा शनिबार एकै दिन त्यतिका संख्यामा बिरुवा रोपिएको हो ।
राष्ट्रिय वृक्षरोपण दिवसलाई सघाउने नेपाली सेनाको अभियानअन्तर्गत प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गल्फ कोर्ससहित काभ्रेको भकुण्डेबेँसी, महोत्तरीको बर्दिवास र चितवनको शक्तिखोरमा पुगेर सेनाका व्यारेक परिसरमा उक्त अभियानअन्तर्गत विभिन्न जातका बिरुवा रोपेका छन ।

सेनाले ‘एक जवान एक रुख’ (फलपूmलको बोटसहित) रोपण अभियान सैनिक मुख्यालय जङ्गीअड्डाबाट शुक्रबार शुरु गरेको थियो । शुक्रबार सेनाले त्यहाँ २५० फलफूलका बिरुवा रोपेको थियो ।

सरकारको ‘एक नेपाली एक फलफूलको बिरुवा’ रोपण कार्यक्रमलाई सहयोग पु¥याउने हेतुले सेनाले उक्त अभियान प्रारम्भ गरेको प्रधानसेनापति थापाले बताए । अभियानका क्रममा विभिन्न जातका स्थानीय हावापानी सुहाउँदो फलफूलका साथै अरु विभिन्न जातका बिरुवा रोप्ने मात्र नभई संरक्षण पनि गर्ने नीति सेनाले लिएको छ ।

शनिबार अपराह्नसम्म सेनाका विभिन्न व्यारेकमा आँप, लिची, कागती, सुन्तला, शीतलचिनीलगायतका फलफूलका साथै विभिन्न करीब ३८ हजार बिरुवा रोपिएको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।