२०८१ चैत्र १, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

फिक्कल । इलामको सूर्योदय नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि साढे ९६ करोड भन्दा बढीको बजेट ल्याएको छ । शुक्रबार सम्पन्न पाँचौं नगरसभाले ९६ करोड ५७ लाख ११ हजार ६ सय को बजेट पारित गरेको हो । नगरसभाले सम्पति तथा भूमीकर र घरबहाल करमा गतवर्षको भन्दा छुट दिई करको दायरा पनि बढाएको छ ।
हेर्नुहोस् : नगरसभाले पारित गरेका कार्यक्रमहरु-

भौतिक पूर्वाधार तर्फ
• बाह्र मासे सडकहरुलाई निरन्तरता
• नगरपालिकाद्वारा कालोपत्रे सडक निर्माणको शुरुवात
• जस्तै: पाल्टाङ्गे-सिद्धिखोला मोटरबाटो कालोपत्रे, प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलबाट मेची राजमार्ग छिपिटार जोड्ने मोटरबाटो कालोपत्रे, दावा गोलाई र बरबोटे बीचको कच्ची सडक कालोपत्रे, माने पान्दाम जिल गोर्खे मानेभञ्ज्याङ मोटरबाटो कालोपत्रे,
• १४ वटै वडामा वडा कार्यालय भवन निर्माणका निम्ति आवश्यक बजेट विनियोजन
• नगरका विभिन्न स्थानहरुमा सार्वजनिक शौचालय निर्माण
• १४ वटै वडामा स्वास्थ्य चौकी निर्माणका निम्ति आवश्यक बजेट विनियोजन
• हिंसापिडित महिलाहरुको लागि पुनर्स्थापना केन्द्र भवन निर्माण लगायत अन्य भौतिक आयोजनाहरु
कृषि पशुसेवा तथा सहकारी
• विषादी अवशेष जाँच्ने ल्याब स्थापना
• अन्तर्राष्ट्रिय स्तरको टि टेस्टिङ सेन्टर निर्माण कार्य आरम्भ

• “एक घर एक उन्नत जातको गाई” कार्यक्रम मार्फत कम्तीमा ५० घरलाई उन्नत जातको गाई वितरण
• स्वरोजगारका निम्ति उद्यम विकास कोषको स्थापना
• सहकारी मार्फत चिया उद्योग निर्माणका लागि ब्याज अनुदान
• “एक वडा एक सहकारी पसल” निर्माणका निम्ति बजेट विनियोजन
• प्रत्येक वर्ष १० सहकारी संस्थालाई लेखा तालिम सहित कम्प्युटर वितरण
• अर्गानिक नगरका लागि आई.सि.एस. म्यानुअल निर्माण
• कफी खेती सम्बन्धी कार्यक्रम
• किवी खेती सम्बन्धी कार्यक्रम
• कृषि तथा पशु पकेट क्षेत्र विकास कार्यक्रम
• जैविक मल तथा विषादी उत्पादन लागत साझेदारीमा सञ्चालन
• मौरीपालन तालिम र घारमा अनुदान
• CO4 / जैघाँसको बीउ खरिद तथा वितरण
• आकस्मिक रोग नियन्त्रण कार्यक्रम
• विभिन्न पशुपंक्षीका रोगविरुद्ध खोप कार्यक्रम
• कृषकहरुको अवलोकन भ्रमण कार्यक्रम
• कृषि औजार वितरण र यान्त्रिकीकरण
• कृत्रिम गर्भाधान सम्बन्धी सामग्री खरिद
• गाईपालक कृषकलाई Cow Mat, Milking Machine, Milk Analyzer
• अनुदानमा च्यापकटर वितरण
• सूर्योदय नगरपालिकाको आफ्नै श्रमिक दस्ता स्थापना
• गोठ तथा गोठेमल सुधार कार्यक्रम
• बाख्रा विकास कार्यक्रम
• वर्षे तथा बहुवर्षे डालेघाँस वितरण
शिक्षा, खेलकूद
• विद्यालय स्तरीय विज्ञान प्रदर्शनी
• बाह्र महिना बाह्रै कार्यक्रमलाई निरन्तरता
• SEE, ११ र १२ मा उत्तीर्ण हुने विद्यार्थीहरुले कम्तीमा प्रति विद्यार्थी १० वटा बिरुवा रोप्ने कार्यक्रम
• चिया विषयको पाठ्यक्रम र पाठ्यपुस्तकको विकास गरी अध्यापन गराइने
• प्रारम्भिक बालविकास अभिभावक शिक्षा कार्यक्रम सञ्चालन
• नमुना प्रारम्भिक बालविकास कार्यक्रम
• “सूर्योदयको इच्छा:छोरीलाई शिक्षा” कार्यक्रम अन्तर्गत उच्च शिक्षाका लागि बुहारी छात्रवृत्ति कार्यक्रम
• प्रधानाध्यापक शिक्षक तथा प्रा वि के का शिक्षकहरुको अध्ययन अवलोकन भ्रमण
• बाल विकास केन्द्रका ६० जना शिक्षकका लागि प्रोत्साहन अनुदान
• खेलकूद शिक्षक
• ख्यातीप्राप्त खेलाडीलाई पर्यटन दूत बनाउने
• करफोक क्याम्पसका १०० उत्कृष्ट विभिन्न विधामा अध्ययनरत विद्यार्थीहरुलाई नगर विकासका निम्ति एक महिने सिर्जनात्मक कार्यमा लगाउने
• अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदान निर्माण आरम्भ
• करफोक खेलमैदान स्तरोन्नति
• फूटबल प्रशिक्षण केन्द्र स्थापना
• मेयर कप फूटबल प्रतियोगितालाई निरन्तरता
• “एक वडा एक खेलमैदान” कार्यक्रमलाई निरन्तरता लगायतका अन्य कार्यक्रमहरु
स्वास्थ्य
• फिक्कल स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा कक्ष स्थापना र सेवा प्रारम्भ
• समालबुङ गोर्खे लक्ष्मीपुर स्वास्थ्य चौकीमा ल्याब सञ्चालन
• “म मात्रै होइन, मेरो नानीलाई स्वस्थ बनाउँछु” कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थामा प्रसुति गराउनेलाई पौष्टिक आहार वितरण
• निशुल्क वितरण गर्नुपर्ने औषधी खरिद तथा सार्वजनिक स्वास्थ्य चौकीहरुको सञ्चालनका निम्ति बजेटको व्यवस्थापन
• “चौध वडा चौधै स्वास्थ्य चौकी” निर्माण कार्यक्रमलाई निरन्तरता
महिला, बालबालिका समाजकल्याण तथा सामाजिक समावेशीकरण
• महिला बालबालिका समाजकल्याण सामाजिक समावेशीकरण अपांगता भएका व्यक्तिहरुका निम्ति विभिन्न कार्यक्रमहरुको लागि २ करोड १५ लाखभन्दा बढी बजेट विनियोजन
विद्युत तथा सोलार, खानेपानी मर्मत सम्भारका लागि पर्याप्त बजेट विनियोजन
पर्यटन प्रवर्द्धन तथा पर्यटन पूर्वाधार निर्माण
विपद् व्यवस्थापन 
फोहरमैला व्यवस्थापन लगायतका निम्ति रु. ९६,५७,११,६०० (छयानब्बे करोड सन्ताउन्न लाख एघार हजार छ सय) विनियोजन गरिएको छ ।

कर
सूर्योदय नगरपालिकाको पाँचौ नगर सभाले सम्पत्ति तथा भूमिकर (मालपोत) र घर वहाल करमा गतवर्षको तुलनामा छुट गरी करको दायरा बढाएको छ ।
सम्पत्ति कर 
५ लाख सम्म सम्पत्ति हुनेलाई वार्षिक रुपमा एकमुष्ट रु. १००
१० लाखसम्म सम्पत्ति हुनेलाई वार्षिक रुपमा एकमुष्ट रु. १५०
१० लाखदेखि माथि २० लाखसम्म सम्पत्ति हुनेलाई प्रतिलाख रु. १५
२० लाखदेखि माथि ३० लाखसम्म सम्पत्ति हुनेलाई प्रतिलाख रु. २०
३० लाखदेखि माथि ४० लाखसम्म सम्पत्ति हुनेलाई प्रतिलाख रु. २५
(यदि कुनै व्यक्तिको सम्पत्ति ३५ लाखको भएमा ३५x२५= ८७५ एकमुष्ट वार्षिक)
४० लाखदेखि माथि ५० लाखसम्म सम्पत्ति हुनेलाई प्रतिलाख रु. ३०
५० लाखदेखि माथि ६० लाखसम्म सम्पत्ति हुनेलाई प्रतिलाख रु. ३५
६० लाखदेखि माथि ७० लाखसम्म सम्पत्ति हुनेलाई प्रतिलाख रु. ४०
७० लाखदेखि माथि ८० लाखसम्म सम्पत्ति हुनेलाई प्रतिलाख रु. ४५
८० लाखदेखि माथि ९० लाखसम्म सम्पत्ति हुनेलाई प्रतिलाख रु. ५०
९० लाखदेखि माथि १ करोडसम्म सम्पत्ति हुनेलाई प्रतिलाख रु. ५५
(यदि कुनै व्यक्तिको सम्पत्ति १ करोडको भएमा १००x५५= ५५०० एकमुष्ट वार्षिक)
१ करोडदेखि माथि २ करोडसम्म सम्पत्ति हुनेलाई प्रतिलाख रु. ६०
२ करोडदेखि माथि ४ करोडसम्म सम्पत्ति हुनेलाई प्रतिलाख रु. ६५
४ करोडदेखि माथि सम्पत्ति हुनेलाई प्रतिलाख रु. ७०
(नोट: उल्लेखित दर बमोजिम हुन आउने मालपोत (भूमिकर) रकम जतिसुकै भएतापनि कृषि क्षेत्रमा एक करदातासँग रु. १७००० भन्दा बढी मालपोत (भूमिकर) असुल गरिने छैन । यो व्यवस्था कुनै उद्योग वा व्यावसायिक फर्मका निम्ति भने लागु हुने छैन ।)
घर बहाल कर 
वार्षिक रु. ५० हजार भन्दा कम घर वहाल कर असुल गर्ने घरधनीलाई नगरले कुनैपनि घरवहाल कर लगाउने छैन ।
आवाशीय प्रयोजनका लागि घरवहाल लगाएकोमा वहाल रकमको ७ प्रतिशतले मात्रै घरवहाल कर लगाइने छ ।
अन्य प्रयोजनका लागि घरवहाल लगाएकोमा वहाल करको १० प्रतिशतले हुन आउने रकम घरवहालको रुपमा लगाइनेछ ।