महिला विश्वकप फुटबल : नेदरल्याण्डलाई हराउँदै अमेरिका च्याम्पियन
पेरिस । फ्रान्समा जारी फिफा महिला विश्वकपको उपाधि अमेरिकाले जितेको छ ।
आइतबार राती भएको फाइनलमा नेदरल्याण्डलाई २ –० गोलले पराजित गर्दै अमेरिकाले उपाधिको रक्षा गरेको हो ।
अमेरिकालाई जित दिलाउन मेगान रापिनोई र रोज लाभिल्लेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै अमेरिका च्याम्पियन बनेको हो ।
खेलको ६१ औं मिनेटमा मेगानले पेनाल्टीमा गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसपछि खेलको ६९ औं मिनेटमा रोजले गोल गर्दै अमेरिकाको जित निश्चित गरिन् ।
योसंगै अमेरिकाले कीर्तिमानी चौंथो पटक विश्वकपको उपाधि जित्न सफल भएको छ । अमेरिकाको यो लगातार दोस्रो विश्वकप उपाधि समेत हो । यसअघि अमेरिकाले सन् १९९१, सन् १९९९ र २०१५ मा उपाधि जितेको थियो ।