२०८१ मंसिर २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । एसीसी यू(१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले आज (मंगलबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

सोमबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरलाई डिएल पद्दतिको आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको हो ।
पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको थियो ।
नेपाल समूह एको विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने हङकङ समुह बीको विजेताको रुपमा । उपाधि विजेता टिम यू १९ एसिया कपमा छनोट हुने छन् । एसिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।