२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । नायिका शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार पोखरेलले श्रीमानबाट असुरक्षित भएकोले शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएकी छन । प्रहरीले छलफलका लागि दुबै पक्षलाई प्रहरी कार्यालय टेकु बोलाएको छ ।

२०७३ सालको दशैँमा विवाह गरेकी पोखरेल छबीको चौथो श्रीमती हुन् । उनीहरुबीच पछिल्ले केही सातादेखि विवाद रहेको समाचार सार्वजनिक भएको थियो ।