२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । नेपालगन्जबाट काठमाडौं आएको यतिको एटीआर विमान त्रिभुवन विमानस्थलमा धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको सो विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको हो ।
कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ’डेल्टा’ नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिँदै सबै यात्रुलाई सकुशल बाहिर निकालिएको बताए ।
धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमान उडान अवरुद्ध बनेको छ ।