२०८१ कार्तिक १८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

पशुपतिनगर, इलाम । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ को बिस्तारित बैठक विभिन्न नौ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । इलामको पशुपतिनगरमा बसेको बिस्तारित बैठकमा पार्टी अध्यक्ष कमल थापाको प्रमुख उपस्थिति रहेकोे थियो । बैठकलाई सम्बोधन गर्दै थापाले नयाँ शिराबाट पार्टीलाई अगाडि बढाउनु जरुरी भएकोले सैद्धान्तिक बैचारिक निष्ठा,सांगठानिक कृयाशिलता, इमानदारीता र मेहनतको बलमा पार्टीलाई उठाउने गरि काम गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । चुनौती र असहजता छ भन्दै थापाले मनोबललाई उच्च राखि जिम्मेवारी बहन गर्न आग्रह गरे ।


प्रदेश अध्यक्ष राम थापाको अध्यक्षतामा भएको बिस्तारित बैठकमा प्रदेश क्षेत्र भित्रका पार्टीका केन्द्रिय पदाधिकारी सदस्य, प्रदेश समिति, जिल्ला अध्यक्षहरु, जनबर्गिय संगठन प्रमुखहरुको उपस्थिति रहेको थियो ।
बैठकमा सह महामन्त्री अर्जुन राई, सहायक महामन्त्रीहरु लिला श्रेष्ठ , केदार कोइराला , बसन्तमान सिह अधिकारी , प्रदेश सांसद राई लगायतले बोलेका थिए । पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकले केहिदिन अघि देखि परेको अविरल बर्षाले पुर्याएको जनधनको क्षतीप्रती दुख प्रकट गर्दै मृतकहरुमा श्रद्धाञ्जली र परिवारजनमा समबेदना व्यक्त गरेको छ र राहत तथा उद्दारमा जुट्न सबैमा आग्रह गरेको छ ।
यसैगरी बिदेशबाट आयात हुने तरकारी र फलफूलमा बिषादी परिक्षणको तत्काल ब्यबस्था गर्न सरकार समक्ष जोडदार रुपमा माग गरेको छ । देशमा भईरहेको व्यापक अनियमितता र भ्रष्टाचारका ठुला ठुला काण्डहरुको छानबिन गरि दोषीमाथी कडा भन्दा कडा कारबाही गर्न, लोभ,लालच,प्रलोभनका आधारमा योजनाबद्ध रुपमा व्यापक धर्म परिबर्तन भईरहेकोप्रति बैठकले आपत्ती जनाउदै तत्काल धर्म परिबर्तनलाई रोक र संलग्नहरुलाई कारबाहीकोे माग गरेको छ ।