२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । नेपाली काङ्ग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका गौतमबुद्धको मूर्तिहरु तोडफोड गर्नेलाई यथाशीघ्र कानूनी कारवाहीको माग गरेको छ ।
काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बिहिबार विज्ञप्तिमार्फत विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान् गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको उल्लेख गर्दै सो निन्दनीय एवं आपत्तिजनक कार्य गर्ने दोषीलाई करवाही गर्न माग गरेका छन ।