शहरी विकास तथा जलस्रोत मन्त्रालयसहित आधा दर्जन सरकारी वेबसाइट ह्याक
काठमाण्डौ । सरकारी डोमेनमा दर्ता भएका ६ वटा वेबसाइट ह्याक भएको छ । आइतबार दिउँसो सवा २ बज फेमिली अट्याक साइबर नामक फेसबुक पेजमार्फत जानकारी सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको जानकारीका अनुसार डट जीओभी डट एनपी डोमेनमा दर्ता भएका ६ वटा वेबसाइट ह्याक भएको बताइएको छ ।
सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी उच्च बाँध परियोजना, विद्युत नियमन आयोग र केन्द्रीय बीऊ बिजन परीक्षण प्रयोगशालाको वेबसाइट ह्याक भएका हुन् । यी वेबसाइट अहिले खुल्दैनन् । यी वेबसाइट खोलेर क्लिक गर्दा फेमिली अट्याक साइबर नामक फेसबुक पेजको लिंक खुल्छ ।
ह्याकरले वेबसाइटको स्वरुप मात्रै बिगारेका हुन् वा यसको तथ्यांकहरु समेत चोरी गरेका छन् भन्ने खुल्न सकेको छैन् ।