२०८१ चैत्र ५, बुधबार
  • ५ वर्ष अगाडि

काठमाडौं :  भारतले सार्वाजनिक गरेको  नयाँ नक्सा  विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि सर्बदलिय बैठकको आब्हान गरेको छ।   सीमा विवादका विषयमा सामूहिक धारणा तय गर्ने अपेक्षाका साथ प्रधानमन्त्री आज सर्बदलिय बैठकको आब्हान गरेको हो।

भारतको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ। सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका युवा संगठनहरुले बिरोधका  आन्दोलन चर्काइरहेका छन् | यसै समयमा  सरकारले सर्वदलीय बैठकको आब्हान गरेको हो।

भारतले लिपुलेक र कालापानी समेटर सार्वजनिक गरेको नयाँ नक्सा सरकारले अस्वीकार गर्ने बताएको छ।  नेपाली भूमिलाई समेट्दै भारतले एकपक्षीय ढंगबाट नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको प्रति सरकारले बिहीबार पत्रकार सम्मेलन गरेरै आपत्ति जनाइ सकेको छ।

‘हामी त्यो नक्सालाई अस्वीकार गर्छौँ र राजनीतिक तहबाट समाधानाको काम गर्ने र्छौँ’, बिहीबारको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने, ‘त्यहाँ मात्रै होइन अरू ठाउँमा पनि सीमा सम्बन्धी विषय टुंगो लगाउन बाँकी छ। करिब–करिब २ प्रतिशत जति ठाउँमा समस्या छ। राजनीतिक र कूटनीतिक तबरबाट दसी र प्रमाणका आधारमा समस्या समाधान गर्छौँ।’

भारतले भने विवाद समाधान गर्न आफू तयार रहेको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नक्सामा सीमा परिवर्तन नगरिएको दाबी गर्दै समस्या समाधान गर्न भारत तयार रहेको बताएका छन।

‘नेपालसँग दुईपक्षीय सम्बन्धको ममर्ममा अडेर सीमा समस्या समाधान गर्नुपर्छ’, उनले भनेका छन्, ‘हाम्रो नक्साले भारतको सार्वभौम भूमिमात्र देखाउँछ। नक्सा मिचिएको कुनै संकेत छैन।