२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

भक्तपुर : भक्तपुर क्षेत्र नं. १ ‘क’ मा   नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी भएका छन् ।  भडेलले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का देवीप्रसाद ढकाललाइ  २,२४३ मतले हराउदै   विजयी भएका हुन् ।

उनले १३,४४९ मत ल्याउँदा नेकपाको ढकालले ११,२०६ मत मात्र प्राप्त गरे ।

यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का निरज लवजूले ५,८२९ मत प्राप्त गरे । उनलाई पछ्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्यामप्रसाद नेपालले ५७४ मत प्राप्त गरे । यसअघि यस क्षेत्रमा नेकपाल विजयी भएको थियो ।