२०८१ मंसिर २९, शनिबार
  • ५ वर्ष अगाडि
  • शान्तिराज राई, काठमाडौ 

उधौली चाड नेपाल साथै संसार भरी छरिएर वसोवास गर्ने भुमिपुत्र मुलवासी मंगोल समुदाय मध्येको विशेष राई लिम्बूले मनाउने महान चाड हो। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।

किरात समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ। उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ।

यसैको सिलसिला अनुसार मंसिर २६ गते हात्तिबनबाट सुरु भएको साकेला २६ गते नै सुनाकोठि हुँदै भोलि २८ गते शनिबारका दिन काठमाडौको टुडिखेलमा हुने भएको छ ।
काठमाडौ, भक्तपुर ललितपुर, र प्रदेश नम्बर १,२,३ र किरातहरुको बसोबास भएको सम्पुर्ण देश विदेशमा उधौली रमझमका साथ मनाई रहेको छ ।