२०७७ फाल्गुन १३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ९ महिना अगाडि

दमक/ लायन्स क्लव अफ दमक इस्टर्न लायनले क्लवका पुर्व अध्यक्ष बिमल शर्मालाई बधाइ दिदै उनको कार्यकाल सफल बनाउन एक ढिक्का भएर जाने निर्णय गरेको बताईएको छ । क्लवका अध्यक्ष तुलसीराम तिम्सिना, पुर्व अध्यक्ष प्रहर क्षेत्री लगायतले खादा लगाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएकाहुन् ।

शर्माले क्लवले पाएको यो अवसर र क्लवका पुर्व अध्यक्ष तथा लिडरहरुले गरेको विश्वासप्रति आभार प्रकट गरेका थिए । यो अवसर क्लवको अवसरको रुपमा लिएर म अघि बढ्ने छु, उनले भने । लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वानका गर्वनर टंकबहादुर श्रेष्ठले शर्मालाई रिजन चियर पर्सनमा मनोनयन गरेका थिए ।