लायन्स क्लव अफ लखनपुरको नेतृत्वमा हेमसिंह अधिकारी

दमक/ लायन्स क्लव अफ लखनपुरको नेतृत्व हेमसिंह अधिकारीले ग्रहण गरेकाछन् । ज्ञाननाथ पौड्यालले एक कार्यक्रमबीच पद हस्ताण्तरण गरेकाहुन् । पद हस्ताण्तरण कार्यक्रममा अधिकारीलाई यस क्षेत्रका अगुवा लायन्स लिडरहरु बबरजंग थापा, अजय अग्रवाल, पवन अधिकारी, रामचन्द्र बराल, क्लवका संस्थापक अध्यक्ष समेत रहेका धर्मानन्द भट्टराई लगायतले शुभकामना दिएका थिए ।
प्रथम उपाध्यक्षमा राजु खड्का, द्वितिय उपाध्यक्षमा बिमल नेपाल, तृतिय उपाध्यक्षमा रामचन्द्र मिश्रले जिम्मेवारी पाएकाछन् । यसैगरी सचिबमा दीपक खड्का, कोषाध्यक्षमा धनश्याम खनाललाई जिम्मेवारी दिईएको छ । सह सचिब रोशन दाहाल र सह कोषाध्यक्षमा युवराज पाठक रहेकाछन् ।
आजदेखि जिम्मेवारी पाएका अधिकारीले आफुले लायन्स क्लव अफ लखनपुरलाई सामाजिक क्षेत्रमा क्रियाशिल राख्नका लागि सधै लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उनले अग्रजहरुको साथ लिएर अघि बढ्ने पनि जनाए । निवर्तमान अध्यक्ष पौड्यालले जोन चियर पर्सनको जिम्मेवारी पाएकाछन् ।