२०७७ फाल्गुन १५, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ८ महिना अगाडि

दमक/ रोटरी क्लव अफ दमकलाई सम्झन लायक बर्ष बनाएर सन्दिप चापागाई (दीपु)ले अध्यक्ष कार्यकाल समाप्त गरेकाछन् । उनले पत्रकार सम्मेलन गरेर आफुलाई सहयोग गर्नेहरुप्रति आभार प्रकट गर्दै रोटरी क्लव अफ दमकको अध्यक्ष नभएपनि रोटरी क्लवको माध्यमबाट सामाजिक सेवामा सधै रहेको जनाए ।

चापागाईले पछिल्लो समय रोटरी क्लवलाई करिब २ कठ्ठा जमिनको ब्यवस्थापन गर्दै रोटरी सामुदायिक पार्क निर्माणका लागि शिलन्यास, रोटरी क्लवको कार्यालय सञ्चालन गरेरमात्र बिदा भएकाछन् । उनले कोभिड १९ को महामारीको यो समयमा दमकमा अग्रभागमा रहेर सरोकारवालाहरुलाई सहयोग प्रदान पनि गरेका थिए ।

उनले दमकमा डायलसिस मेसिन भित्र्याउन पनि प्रयत्न गरे । लाइफलाइन अस्पतालमा उक्त मेसिन आउने अन्तिम चरणमा रहेको छ । खानेपानीको क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा र शिक्षा क्षेत्रमा पनि उनले केहि महत्वपुर्ण कामहरु गरेकाछन् ।