खुशी ! जीवनमा खुशी कसरी मापन हुन्छ ? यसरी बन्न सकिन्छ सधै खुशी

कल्पना विश्वकर्मा
खुशी आज एउटा देशको वास्तविक प्रगति मापन गर्ने नयाँ सूचक बन्न पुगेको छ । विश्वभरीका सरकारहरुले नागरिकको खुशी सिर्जना गर्न र यसलाई कायम राख्न प्रासङ्गिकता पहिचान गर्न थालेका छन् । जुन अब सार्वजानिक नीतिहरुमा यसको प्रभाव देख्न सकिन्छ । वल्र्ड हैप्पीनेस रिर्पोट २०१९को आधारमा विश्वको १५६ देश मध्ये नेपाल १००को स्थानमा पदर्छ । यो रिर्पोट वास्तविक जी.डी.पी प्रति व्यक्ति , सामाजिक समर्थन , जीवन छनौट गर्ने स्वतन्त्रता , स्वास्थ्य जीवन ,व्यक्तिगत भावनात्मक अनुभव, उदारता र भ्रष्टाचारको धारणाको आधारमा गरिन्छ ।
खुशी भनेको जीवनको एउटा यस्तो भावना हो जुन प्रत्येकले खोजिरहेको हुन्छ , चाहे हामीले के गरि रहेका छौं , के सम्बन्धहरु हामीले स्थापित गरिरहेका छौं , के हामीले प्राप्त गर्न खोजिरहेको छौं , शारीरिक र आर्थिक सुरक्षा , भौतिक सुविधा र राम्रो सम्बन्धका कुराहरुलाई सुनिश्चित गर्न विभिन्न प्रयासहरु जीवनभरी नै गरिरहेका हुन्छौं । यसको मुल उद्देश्य भनेको नै स्पष्ट रुपमा हामी सबैले खुशी नै खोजेका हौं ।
एउटा स्वास्थ्य जीवन हुनुको लागि प्रसन्न अर्थात् खुशी रहनु अत्यन्तै जरुरी मन्निछ । खुशीको अर्थ सबैले भिन्न–भिन्न प्रकारले मूल्यांकन गरेका हुन्छन् । जस्तै कसैलाई धनको प्राप्ति ,राम्रो स्वास्थ्य , परिवारीक सम्बन्धमा मधुरता ,राम्रो कलेजमा प्रवेशता ,उच्च शिक्षा हासिल गर्नु ,जागिरमा सफलता , व्यावसायिक सफलता ,सामाजिक प्रतिष्ठा, राम्रो खानु ,लगाउनु , यात्रा गर्नु इत्यदि होला । यी सबै बाहिरी परिस्थिति बाट आउने कुराहरु हुन् , तर खुशी भनेको आन्तरिक भावना हो र आन्तरिक खुशी परिस्थितिहरुमा निर्भर हुदंैन । बाहिरी खुशीले आन्तरिक खुशी दिन सक्दंैना र छोटो समय को लागि मात्र हुन्छ ।
के तपाई यो मान्नु हुन्छ ? हामी तब खुशी हुन्छौ जब हामीले नयाँ फोन , नयाँ घर , नयाँ गाडी ,नयाँ लुगा समेत किन्दा खुशी हुन्छौ र हरेक चोटी हामीलाई के विश्वास हुन्छ भने यी वस्तुहरुले हामीलाई खुशी दिन्छ । निश्चितरुपमा तपाईहरु संग फोन छ , आफ्नो फोनलाई एक चोटी हेर्नुहोस् र आफु संग सोध्नुहोस् के साँच्चै यो फोनले मलाई खुशी दिन्छ ? उदाहरणका लागि मानौं एक जना व्यक्ति कुर्सीमा बसेको छ र तपाई चाहि मँहगो सोफामा बस्नु भऐको छ , के त्यसले तपाईलाई खुशी दिन्छ ? सोच्नुहोस् ! त्यसले तपाईलाई खुशी दिन्छ या त्यसले तपाईलाई आराम दिन्छ ? किन भने यी दुई बिल्कुलै फरक कुरा हुन् । तपाई उही मँहगो सोफामा बस्नु भएको छ , उही फोन तपाई संग छ त्यही बेला तपाईलाई एउटा म्येसेज आउछ , जसले गर्दा तपाई त्यो एउटा म्येसेजले खुशी बाट दुखी , रिस या उदास बाट झर्को या दिक्क लगनु थाल्छ । भनेको विभिन्न खालको इमोसन अर्थात विभिन्न खालको भावना चाल्नु थाल्छ ,एउटा भावना बाट अर्को भावनामा सिफ्ट हुइन्छ । भने पछी त्यही फोन , त्यही सोफा , त्यही घर , त्यही गाडी, त्यही कुरा र वस्तुहरुले किन फेरि त्यही खुशी दिन सकेन त ? किन भने यी वस्तुहरु भनौं या टेक्नोलोजी भनौं यी सबै हामीलाई खुशी दिन बनेका होईन बरु हामीलाई फिजिकल कम्फोर्ट अर्थात् शरीरिक आराम , भौतिक स्तरलाई र व्यस्त जीवनशैली लाई सजिलो बनाउनु बनिएको हो । यो बुझ्नु जरुरी छ कि, खुशी भनेको एउटा आन्तरिक भावना हो अर्थात् इमोसनेल कम्फोर्ट हो न कि फिजिकल कम्फोर्ट । खुशी भनेको हामी संग भएका कुराहरु होइन्न, यो त हामीले कुराहरुलाई कसरी सोच्छौं त्यसमा निर्भर हुन्छ ।
जीवनमा हामीले कुनै कुराको लक्ष्य लिएका छौं र त्यो लक्ष्य प्राप्त गरी पछी मात्र म खुशी हुनेछु भनौं भने , लक्ष्यलाई प्राप्त गर्दै गर्दा कुनै व्यक्तिले ,परिस्थितिले केही समस्याहरु , बाधाहरु या अवरोधहरु आउछ जसले गर्दा हामीलाई तनाव महसुस हुन्छ , जसले गर्दा हामी सोच्न थाल्छौं फलाना व्यक्ति , फलानो परिस्थितिले मेरो लक्ष्य या खुशीमा समस्या ल्ययो । अनी हामीले तनाव , चिन्ता, डर ,शंका , ईष्याहरु सिर्जना गर्छौं र जुन स्वाभावीक लाग्छ र एका तिर फेरि सोच्छौं म कुनै पनि हालमा म मेरो लक्ष्यमा पुग्छु र हुदा हुदै हामी आफ्नो लक्ष्यमा पुग्छौं । हामी आफ्नो लक्ष्यमा त पुग्यौ तर यो सबै गर्दा गर्दै हाम्रो आफ्नो स्थिति चाहि पहिले नै धेरै विचलित र हाम्रो एर्नजी या उर्जा खाली भैसकेको हुन्छ । के तपाई हामी आफुले त्यति बेल लिएको लक्ष्य र त्यो लक्ष्य प्राप्त गरीसके पछीको खुशीलाई पुर्णरुपमा महसुस गर्नु सकिनछ ? के साच्चै कै त्यो बेला हामी खुशी हुन्छौं त ? खुशी भनेको लक्ष्यलाई प्राप्त गर्दै गर्दा महसुस गर्नु पर्छ न कि लक्ष्यमा पुगिसके पछी ।
म खुशी छु ,म दुखी छु , म चिन्तित छु , म उदास छु , फलानोको कारणले र परिस्थितिले गर्दा भन्ने कुरा आज सामान्य र स्वाभावीक शब्द लाग्छन् । म रिसाएको छु , दुखी छु , उदास छु किनभने कसैले म संग केही गरे ,केही भने , केही यस्तो घटना घट्यो र हरेक पटक हामीले यो शब्दलाई भनी रह्यो भने हाम्रो सोचमा यस्तो खालको विश्वास प्रणाली बस्दै जान्छ । हाम्रो खुशीको कारण जब बाहिरी कुराहरु , व्यक्तिहरु संग तुलना या दाजछौं तब हाम्रो खुशीको भावना, सोच सम्पूर्णरुपले बाहिरी कुराहरुमा निर्भर हुन्छ । ठीक छ ! हामी रिसाउछौं , उदास हुन्छौं ,झकिन्छांै तर हामीले कहिले पनि फलानोले गर्दा यसो भयो भन्नुको सट्टा मेरो भावना र सोचको सिर्जना बाट आएको हो भन्यौं भने हामी भित्र एक खालको उर्जा या भनांै शक्ति आउछ । जसले तपाई हामी लाई अर्को पटक सचेत गर्छ कि मैले यस्तो खालको सोच सिर्जना गर्नु हुदैन जसले म आफैंलाई दुख दिन्छ । यो मेरो भावना र मेरो सोचको रिमोट कन्ट्रोल मेरो हातमा हुन्छ की म मेरो भित्री भएका भावनालाई कति छिटो र सहज ढंगले प्रतिक्रिया गर्छु । अब यो प्रतिक्रिया बाहिरी नभएर भित्री हुन पुग्छ र हामी स्वतन्त्ररुपमा प्रतिक्रिया गर्न थाल्छौं , जसले गर्दा हामी सधै खुशी रहन्छौं । खुशी भनेको कुनै समय या व्यक्तिको व्यवहारमा आश्रित हुदैन ,खुशी भनेको हामीले परिस्थितिहरु प्रति गरेको प्रतिक्रियमा हुन्छ । खुशी हामी भित्र हुन्छ , जब हामी एउटा यस्तो पोइन्टमा पुग्छौं जहाँ हामी कसैबाट प्रभावित हुदैनौं र हामीले कसैलाई पनि प्रभावित गर्नु आवश्यक हुदैन , त्यो क्षण बाट हाम्रो वास्तविक खुशीको स्वतन्त्रता सुरु हुन्छ ।