२०८० चैत्र १६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ झापाको बिर्तामोडमा केहि बर्ष अघि देखि विदेशी कफीको स्वाद नेपालमा नै चखाउदै आएका विर्तामोड नगरपालिकाका रामप्रसाद तिवारीले दमकमा पनि त्यसैको शाखाको रुपमा दमकमा सेवा विस्तार गरेका हुन् । नेपाली कफी विदेशी स्वादमा दिने र यसलाई नेपालभर विस्तार गर्ने उनको सोच अनुुसार दमकमा शुरु गरिएको जनाईएको छ ।

यूएईमा रहेको एक कफी टेलरमा ६ बर्ष काम गरेको अनुभव तिवारीसंग रहेको जनाईएको छ । कम्तिमा पनि ५० प्रकारको कफी यहाँ पाईने र बिर्तामोडमा जे स्वाद छ त्यहि स्वाद यहाँ रहने पनि उनको भनाई छ ।

दमकको सुविधा सम्पन्न बेलडाँगी रोडमा रहेको नयाँ मार्केट दमक महलको दोश्रो तलमा थर्डहोमले सेवा शुरु गरेको हो । थर्ड होमको उद्घाटन गर्दै दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले कोरोना महामारीबाट यहाँको ब्यापार ब्यवसाय थला परेर उठ्न शुरु गरेको अवस्थामा दमकमा यस प्रकारको कफी हाउस खोलेकोमा उनले आभार प्रकट गरे ।

श्रेष्ठले विदेशी कफी हाउस झै यो पनि सफलताको कामना गरे । दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, दमक महलका सञ्चालक रेवत बस्नेत लगायतले शुभकामना दिदै सफलताको कामना गरे ।