२०७८ बैशाख २७, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ हप्ता अगाडि

दमक/ वल्र्डलिंक कम्युनिकेशनस लिमिटेड दमक शाखाले नया“बर्षको अवसर पारेर आफ्नो सुविधा सम्पन्न सेवा केन्द्रबाट सेवा विस्तार गरेको छ । दमकमा मात्र नभएर नेपालमा नै सबैभन्दा धेरै प्रयोगकर्ता रहेको वल्र्डलिंकले नयाँ बर्षको अवसर पारेर बिभिन्न सुविधा पनि सार्वजनिक गरेको छ ।

वल्र्डलिंक दमकका प्रमुख राजन तिम्सिनाका अनुसार दमकको सुविधा सम्पन्न दमक महलमा वल्र्डलिंकको सेवा केन्द्र राखिएको हो । अब तत्काल उपभोक्ताको गुनासो देखि लिएर नयाँ जडानसम्म गर्ने गरीको प्रवन्ध मिलाएका छौ, तिम्सिनाले भने ।

आफ्ना ग्राहक एवं उपभोक्ताको सुविधालाई मध्यनजर गर्दै बेलडागी रोड दमक महलको दोश्रो तलामा नया सेवाकेन्द्र बिस्तार गरिएको हो, तिम्सिानले जानकारी दिए ।

कम्पनीले बिगतका सेवाहरुलाई अझ परिस्कृत गर्दै र अन्य सेवाहरु समेत थप गरेको पनि उनले भने । यस कम्पनिका ग्राहकहरुले दुइवटा मोवाइलमा फ्रि वाइफाइ कनेक्सन गर्नका साथै दुइवटा मोवाइलमा नेट टि.भि. समेत चलाउन सक्ने पनि जनाईएको छ । फ्रि वाइफाइको सुविधा अधिराज्यका १० हजार भन्दा बढी स्थानबाट प्राप्त गर्न सक्ने पनि तिम्सिनाले बताए ।

इन्टरनेट जडानगर्दा सम्पुर्ण जडानका सामाग्रीहरु निशुल्क प्राप्त गर्न सक्नेछन् । यस कम्पनिले इन्टरनेट जडान गर्दा  NET TV  सेवा सित्तैमा प्रदान गरि रहेको छ ।

ग्राहक महानुभावहरुले प्लेस्टोरमा गई यस कम्पनिको मोवाइल एप Pk MY WORLD LINK  टाइपगरी डाउनलोड गर्न सक्नेछन् जसले गर्दा ग्राहकले घरमै बसेर आफ्नो इन्टरनेट एकाउन्ट सम्बन्धि बिबिध सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

हाल कम्पनिले आफ्ना नया“ तथा पुराना ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर नया सेवाकेन्द्र बिस्तारका अवसरमा छन् 5G Router का साथै बिभिन्न आकर्षक योजनाहरु ल्याएको पनि तिम्सिनाले जनाएकाछन् ।

वर्ल्डलिंक कम्युनिकेसन प्रालिले नेपालमै पहिलो पटक वाईफाई फाइभ सुरु गरेको हो । गएको कात्तिकमा वर्ल्डलिंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट १२ मिलियन अमेरिकी डलर अर्थात एक अर्ब ३५ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको थियो ।

विदेशी लगानी भित्रिएसँगै कम्पनीले आफ्ना ग्राहकलाई अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने बताएको थियो । सोही अनुसार कम्पनीले वाइफाई नेटवर्कलाई गुणस्तरिय बनाउने योजनाका साथ वाईफाई फाइभ सुरु गरेको हो ।

याे प्रविधि कम्पनीका नयाँ तथा पुराना दुबै ग्राहकले प्रयाेग गर्न सक्नेछन् । पुराना ग्राहकले आफूले प्रयाेग गरिरहेकाे सेवालाई अपग्रेड गरि याे सेवा लिन सक्ने कम्पनीले जनाएको छ । यो सेवा विद्यमान शूल्कभन्दा केही महंगो भने पर्नेछ ।

के हो वाईफाई फाइभ

सामान्यतया हामीले हाल प्रयोग गर्ने वाईफाई राउटर सिंगल ब्याण्ड राउटर हो । जसले २.४ गिगाहर्ज सपोर्ट गर्छ । यसमा तीन वटामात्रै च्यानल हुन्छ ।

नेपालमा इन्टरनेट सेवा प्रदायकहरुको संख्या धेरै छ । सबैले यहि ब्याण्डमा वाइफाई दिने हुँदा नेटवर्क एक अर्कासँग जुध्ने समस्या छ । जसले गर्दा राम्रो स्पीड आउँदैन ।

यसलाई ‘८०२.११ बी/जी/एन’ सीरीज पनि भिनिन्छ । यसको स्पीड प्रतिच्यानल १५० एमबीपीएस प्रतिसकेण्ड भनिए पनि नेटवर्क इन्टरफेरेन्स समस्याले गर्दा ३० देखी ४० एमबीपीसए मात्रै स्पिड दिन्छ ।

तर वर्ल्डलिंकले सुरु गरेको फाइभजी वाईफाई राउटरमा २.४ गिगाहर्ज र ५ गिगाहर्ज गरी दुई वटा ब्याण्ड रहेका छन् । जसमा च्यानल अवरोध हुने समस्या कम हुन्छ । त्यसैले यसले प्रतिच्यानल ५०० एमबीपीएस र कुल १ जीबी भन्दा बढीको स्पीड दिन सक्छ ।

यसको विकास सन् २०१३ मै भएको हो । जसलाई ‘८०२.११ एसी’ सिरिज पनि भनिन्छ । यो वाईफाई सबै डिभाइसमा नचल्न सक्छ । ‘८०२.११ एसी’ सिरिज सपोर्ट गर्ने अथवा डबल ब्याण्ड सपोर्ट गर्ने डिभाइस नै आवश्यक पर्छ ।

यदि तपाईंको डिभाइसले ‘८०२.११ एसी’ सिरिज सपोर्ट गर्छ भने फाइभजी वाईफाई कनेक्ट गर्दा स्पीड बढी हुनुका साथै विश्वसनीय समेत हुने कम्पनीले जनाएको छ । तर, यसको कभरेज एरिया भने थोरै हुन्छ ।

कम्पनीका अनुसार २.४ गिगाहर्जमा दुई सय मिटर कभरेज हुन्छ भने ५ गिगाहर्जमा घरभित्र ३० देखि सय मीटर जति हुन्छ । यदि तपाईं राउटरको नजिक हुनुहन्छ भने अटोमेटिक फाइभ गिगाहर्जमा कनेक्ट हुन्छ भने टाढा हुँदा स्वतः २.४ गिगाहर्जमा कनेक्ट हुनपुग्छ ।

ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर 023-577001, 577002, 577003, 577004, 577005 नम्बरका मोवायल नम्बरहरु पनि सञ्चालनमा ल्याईएको उनको भनाई छ ।