२०७८ असार ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

दमक/ लायन्स क्लव अफ दमक लखनपुरको नयाँ नेतृत्वका लागि दमकका लोकप्रीय युवा ब्यवसायी तथा सामाजिक अभियान्ता राजु खड्का सर्वसम्मत चयन भएकाछन् । एक बर्ष नेतृत्व पाउने लायन्स क्लवमा सन् २०२१/२०२२ का लागि खड्काको नेतृत्व चयन भएको हो ।

उनको टिममा प्रथम उपाध्यक्षमा बिमल नेपाल, द्वितिय उपाध्यक्षमा दयासागर आचार्य र तृतीय उपाध्यक्षमा घनश्याम खनाल चयन भएकाछन् । यसैगरी सचिवमा दिपक खड्का, सहसचिवमा मुकुन्द कडेल, कोषाध्यक्षमा युवराज पाठक र सहकोषाध्यक्षमा धर्मराज अधिकारी चुनिएको बताईएको छ ।

क्लबको बोर्डमा राजु न्यौपाने,कर्ण सिहं तामाङ्ग, प्रेमकुमार नेपाल, नरेन्द्र केसी, तिर्थ पौडेल, एकराज दाहाल, बिशाल नेपाल, लक्ष्मण मादेन, जमान सिहं खड्का, छत्रपति पाठकले जिम्मेवारी पाएकाछन् ।