२०७८ असार ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ हप्ता अगाडि

दमक/ आफ्नो जन्मदिनको अवसर पारे लायन्स क्लव अफ लखनपुर दमकका अध्यक्ष एवं ईलेक्ट जोन चियर पर्सन हेमसिं अधिकारीर लायन्स क्लव अफ दमक गोल्डका सदस्य एवं दमकका युवा ब्यवसायी चिरन न्यौपानेले आफ्नो जन्मदिन फरक रुपमा मनाएकाछन् ।

जन्मदिन मनाउदा भोजभतेर र रमाईलोमा गरिने कार्यलाई निरुत्साहित गर्दै मानवीय सेवा नै सबैभन्दा ठुलो हो भन्ने लायन्सको मूल मर्म अनुसार दमकका अति विपन्न मृगौला पीडित आसिस खनाललाई उपचारका लागि अधिकारी र न्यौपानेले नगद २१ हजार प्रदान गरेकाछन् ।

खनालका बुबा धर्मानन्द खनाललाई लायन्स लिडरहरुको उपस्थितिमा दुवैजनाले आजै उक्त रकम हस्ताण्तरण गरिएको बताईएको छ ।