२०७८ असार ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ हप्ता अगाडि

दमक/ निषेधाज्ञाका कारण बिहानबेलुका छाक टार्न मुश्किल भएकाहरुको राहतका लागि अमेरिकामा रहेका रमेश खत्रीले सहयोग गरेकाछन् । लायन्स क्लव अफ दमक गोल्डको समन्वयनमा उनले ५० विपन्न घर परिवारका लागि सहयोग गरेकाहुन् । खत्री दमकका स्थायी बासिन्दा हुन् ।

एक परिवार बराबर न्यूनतम पनि २५ सय बराबरको खाद्यन्नका लागि उनले सहयोग गरेको लायन्स क्लव अफ दमक गोल्डका अध्यक्ष रिङकुमार आचार्यले बताए । क्लवका सदस्य चिरन न्यौपानेको ब्यवस्थापनमा सहयोग जुटाएर बिपन्नहरुलाई राहत उपलब्ध गराईएको हो ।

लायन्स लिडर विवश राईको उपस्थितिमा भएको राहत हस्तान्तरण कार्यक्रम विपन्नहरुले यसले आफुहरुलाई ठुलो राहत भएको बताएका थिए । क्लवका ईलेक्ट प्रेसिडेन्ट श्याम तिम्सिना, असाहाय मानव सेवा समितिकी सचिव पुनम रिजाल लगायतको उपस्थितिमा उक्त राहत हस्ताण्तरण गरिएको क्लवका सचिव नन्दकुमार राईले बताए ।