२०७८ असार ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ हप्ता अगाडि

दमक/ आफ्नो जीवनलाई कमैले मात्र पुर्ण रुपमा सामाजिक कार्यमा चलयमान बनाएकाहुन्छन् । सामाजिक सेवा र सामाजिक क्षेत्रलाई आफ्नो मुख्य कार्यभार सम्झेर खटिएकाहुन्छन् । अझ अन्तराष्ट्रिय सामाजिक संस्थामा स्थापित बन्नु र त्यसलाई ग्रामिण क्षेत्रसम्म पुर्याउनु चुनौती पुर्ण नै हुन्छ । यस्तै अभियानमा लागेका एक पात्रको नाम हो खगेन्द्र सिटौला ।

लायन्स कलव अफ इन्टरनेशनल पुर्व काउन्सिल चियरपर्सन तथा ग्लोबल एक्सन टिम एरिया लिडर लायन सिटौला लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरका लागि लायन्सकर्मीहरुको मन जित्ने अभियानमा रहेकाछन् । जेठ २१ र २२ गते हुने लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनका लागि इन्टरनेशनल डाइरेक्टरमा उनको उम्मेद्वारीलाई समर्थन गर्ने लायन्स लिडरहरुको संख्या बढ्दो छ ।

सिटौलाले गर्भनर हुँदा नेपाली लायन्स र लायन्सकर्मीहरुलाई विश्वमा चिनाए । सर्वोच्च शिखर सगरमाथामा लायन्सको झण्डा उनको पालामा फहराईएको थियो । अब सामाजिक अभियानको क्षेत्रमा विश्वमा नेपाललाई चिनाउन आफ्नो उम्मेद्वारी भएको उनले बताउदै आएकाछन् ।

सिटौलाको लायन्स यात्रा झण्डै तीनदशक अघिदेखिको हो । १९९७ मा लायन्स क्लब दिङला भोजपुरको संस्थापक सदस्यको रुपमा उनि लायन्सयात्रामा सामेल भएका थिए । उनि त्यसपछि क्लव अध्यक्ष हुँदै त्यसभन्दा माथिका पदहरुमा उक्लदै गए । लायन्समा उनले गर्वनरदेखि लिएर अन्तराष्ट्रिय स्तरमा समेत केहि जिम्मेवारीहरु बहन गरे ।

सिटौला नेपाली लायन्सकर्मीको गौरव-कार्की

लायन्स क्लव अफ ईन्टरनेशन ३२५ ए वानका ईलेक्ट गर्वनर रेवतबहादुर कार्कीले लायन्समा दिएको योगदान र उहाँको कार्यकुशलताका आधारमा यो पदमा उनलाई सर्वसम्मत रुपमा आफ्नो डिस्ट्रिकबाट उठाईएको हो । अन्तर क्लवसंग सम्बन्ध, लायन्स लिडर तथा क्लवहरुसंगको समन्वय, अन्तराष्ट्रिय लायन्ससंग सम्पर्क एवं सम्बन्धका कारण सिटौलाले नेपालको लायन्सलाई अन्तराष्ट्रियमा जोडन भुमिका खेल्ने पनि कार्कीको भनाई छ । सिटौला नेपालको लायन्सकर्मीहरुका लागि गौरव भएको पनि कार्की बताउछन् ।

पुर्वमा सिटौला हाईहाई-अग्रवाल

दमकका लायन्स लिडर अजय अग्रवालका अनुसार सिटौला पुर्वमा निक्कै लोकप्रीय रहेकाछन् । यहाँका लायन्स क्लव तथा लिडरहरुले एकमतका साथ सिटौलाको जितका लागि कामना गरेको उनले जनाए । लायन्समा सिटौलाले दिएको योगदान र उहाँको कार्यक्षमता लायन्सकर्मीहरुले नजिकबाट नियालेको पनि अग्रवाल बताउछन् । हामी विश्वस्थ छौ सिटौलाको पक्षमा अन्तिम समयमा देशभरका सबै लायन्सकर्मीहरु आउनु हुनेछ, उनले भने ।

यो अवसर हो-पौड्याल

अर्का लायन्स लिडर ज्ञाननाथ पौड्यालले नेपालको लायन्स अभियानलाई अन्तराष्ट्रिय स्तरमा थप शशक्त रुपमा चिनाउनका लागि सिटौलालाई जिताउनु अवसर भएको जनाए । हामीले यो एउटा सुवर्ण अवसरलाई गुमाउनु हुँदैन । देशभरका लायन्सकर्मीहरुले एकठाँउमा भोट हाल्नु पर्ने बताउदै त्यो ठाँउ सिटौला रहेको उनले जनाए । अन्य डिस्ट्रिकका कोहि साथीभाई लायन्समा रहेको भए सिटौलालाई जिताउनका लागि उहाँहरुसंग समन्वय गरेर भोट मागेर सहयोग गर्न पनि उनले सबैसंग अनुरोध गरे ।

अभिभावकलाई नेतृत्वमा स्थापित गरौ-राई

अर्का दमकका लायन्स लिडर दिवस राईले सिटौला आफुहरुको अग्रज अभिभावक रहेको जनादै अभिभावकलाई स्थापित गराउनु सबैको दायित्व भएको बताए । उनले यो अवसरलाई खेर फाल्नु नहुने जनाउदै अन्य डिस्ट्रिकका लायन्सकर्मीहरुले पनि सिटौलाको योगदानलाई मनन गरेर अन्तिम समयमा भएपनि सहयोग गर्ने विश्वास आफुमा रहेको सुनाए । अभिभावकको जितको लागि आफुहरुले प्राथना गरिरहेको पनि उनको भनाई छ ।