२०७८ असार ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ हप्ता अगाडि

झापा । झापाका युवा उद्यमी दिपेन्द्र पोखरेलको निधन भएको छ । कोरोना संक्रमण भई विगत एक महिनादेखि काठमाडौमा उपचाररत युवा उद्योगी पोखरेलको गएराति निधन भएको हो ।
काठमाडौंको नर्भिक हस्पिटलमा राति १२ बजे पाखरेलको निधन भएको उनका कान्छा भाइ प्रविण पोखरेलले जानकारी दिए ।

५३ वर्षीय पोखरेल विगत ३६ दिनदेखि त्यहाँ उपचाररत थिए । नेपाल प्लाइउड भेनियर संघका प्रदेश अध्यक्ष पोखरेल उद्योगीसँगसँगै राजनीतिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका थिए । बिर्तामोड नगरपालिका ३ निवासी पोखरेलका श्रीमती , एक छोरा र एक छोरी रहेका छन् ।

पोखरेलको शोकमा नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा लेख्छन्-

हार्दिक श्रद्धाञ्जली !
पुराना दिनहरु र सुखदुःखका अनेक स्मृति सम्झनामा जीवित छन् l प्रिय र आत्मीय मित्र दिपेन्द्र पोख्रेललाई श्रद्धाञ्जली लेख्नुपर्दा मन स्तब्ध छ l
`उच्च मनोबल राख्नु, कोरोनालाई चांडै जित्नुपर्छ´ नर्भिक अस्पतालमा यसै भनिराखेर म झापा हिंडेको थिएं l तर उच्च मनोबल भएको,शारीरिक रुपले हट्टाकट्टा साथिको बिदाइ सुन्नुपर्दा असिम पिडा भएको छ l
सामाजिक र राजनैतिक उचाइ बनाइरहेका , ब्यवसायिक रूपमा प्रगति गरिरहेका साना छोराछोरीका अभिभावक, जीवन साथिको भरोसा, परिवारजनको आशा अनि हामी साथीहरूको एउटा बलियो विश्वासलाई बिदाई गर्नुपर्दा ठुलो रिक्तता महसुस भएको छ l
प्रिय मित्र भगवानका साथ बास मिलोस् स्वर्गमा l भावपुर्ण श्रद्धाञ्जली l परिवारजनमा समवेदना l