२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङको सुन्दर हरैचामा विपन्न समुदायलाई खाद्यन्न उपलब्ध गराएको छ । कोरोना संक्रमण बढ्दै गएपनि सरकारले जारी गरेको निषेधाज्ञामा विहानबेलुका छाक टार्न समस्यामा परेका ३५ घर परिवालाई राहत उपलब्ध गराईको बैंकका प्रदेश १ प्रमुख सुजन राईले बताएकाछन् ।

उनका अनुसार सुन्दर हरैचा वडा नं. १० का विपन्न परिवारहरुलाई कम्तिमा १ महिना पुग्ने गरी राहत उपलब्ध गराईएको छ । बैंकले आगामि दिनमा पनि सामाजिक उत्तरदायित्व वहनलाई रचनात्मक रुपमा अघि बढाइरहने पनि राईले बताएकाछन् ।

कामना सेवा बिकास बैंक लिमिटेड राष्ट्रिय स्तरको विकास बैंक हो । पछिल्लो समयमा बैंकले देशभर नै आक्रमक रुपमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । स्मार्ट, सुविधाजनक र विश्वसनीय वित्तीय सेवा प्रदान गर्ने बैंकको मुख्य उदेश्य रहेको पनि राईको भनाई छ ।