२०७८ कार्तिक ९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ महिना अगाडि

दमक/ लायन्स क्लव अफ झापा दमक, लायन्स क्लव अफ दमक सेविका र लायन्स क्लव अफ दमक बिगबुद्धको संयुक्त प्रयासमा दमक १० स्थित अनाथ वाल तथा बृद्ध आश्रमलाई आवश्यक खाद्यन्न उपलब्ध गराईएको छ ।

लायन्स लिडरहरु अजय अग्रवाल, दिवश राई लगायतको सहभागितामा खाद्यन्न उपलब्ध गराईएको लायन्स क्लव अफ झापा दमकका अध्यक्ष अशोक चौधरीले बताए । कार्यक्रमको संयोजन सेविकाले गरेको जनाईएको छ ।

सो अवसरमा लायन्स क्लव अफ झापाका अध्यक्ष चौधरी, सेविकाकी अध्यक्ष ज्ञानु बुढाथोकी, बिग बुद्धका अध्यक्ष कृष्णराज दाहाल लगायतको उपस्थिति रहेको थियो । चामल, दाल, तेल, नून, चाउचाउ लगायतका सामाग्रिहरु उपलब्ध गराईएको जनाईएको छ ।