२०७८ कार्तिक ९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ महिना अगाडि

दमक/ नेपाल जेसिजले त्रैमासिक रुपमा प्रदान गर्ने घोषणा गरेको उत्कृष्ठ शाखा पुरुस्कार दमक जेसिजले प्राप्त गरेको छ । दमक जेसिजले भर्चुअल माध्यमबाट र प्रत्यक्ष रुपमा समेत बिभिन्न रचानत्मक कामहरु गर्दै आएको छ । यो एउटा खुशिको उपलब्धि हो, अध्यक्ष सुयोग खरेलले भने ।

उनले यो उपलब्धि हासिल गर्न सहयोग गर्ने सबै पदाधिकारी तथा सदस्यहरुप्रति आभार पनि प्रकट गरे । दमक जेसिजले विशेष गरेर शेयर सम्बन्धि तालिम गरेको थियो । जहाँ देशभरका जेसिजका सदस्यहरु सहभागि रहेका थिए ।

दमक जेसिजका कार्यकारी उपाध्यक्ष रामचन्द्र अधिकारीले यो कठिन घडिमा पनि आफुहरु सकेसम्म जेसिजलाई सक्रिय बनाउदै उदेश्य प्राप्तिका लागि लागिरहेको जनाए । उनले नेपाल जेसिजको यो उत्कृष्ठ पुरुस्कारले थप हौसला मिलेको पनि जनाए ।