२०७८ अशोज २, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ महिना अगाडि

दमक/ झापाको दमकमा रहेका केहि लायन्स क्लवहरुले कनकाइ नगरपालिका वडा नं. ४ रहेको पुकार अशक्त मानव सेवा आश्रमलाई सहयोग गरेकाछन् । लायन्स क्लव अफ झापा दमक, गोल्ड, युनाईटेड, डायनमिक र क्लवसंग आवद्ध लियो क्लव सहितको सहभागितामा खाद्यन्न, लत्ताकपडा, फेन लगायतका सामाग्रि उपलब्ध गराईएको जोन चियर पर्सन तुलसि तिम्सिनाले बताएकाछन् ।

असहाय मानव सेवा समाजको समेत उपस्थितिमा कम्तिमा पनि यहाँ रहेकाहरुलाई तीन महिना लाइ पुग्ने चामल, दाल, भुजा, चाउचाउ, बिस्कुट लगायत खाद्य सामाग्री उपलब्ध गराईएको लायन्स क्लव अफ दमक गोल्डका अध्यक्ष श्याम तिम्सिनाले जनाए ।

आश्रममा १२ जना अपाङ्ग बालबालिका रहेको र यहाँ खाद्यन्न लगायतका अति आवश्यकीय सामाग्रिहरु अभाव भएको खबर पाएपछि आफुहरुले मिलेर सहयोग गरेको लायन्स क्लव अफ झापा दमकका अध्यक्ष अशोक चौधरीले बताए ।

सो कार्यक्रममा डिस्टिक गवर्नर एड अजय अग्रवाल, ईम्प्याक्ट एरिया चिफ ज्ञाननाथ पौडेल, जोन चियार पर्सनहरु काशि खाती, तुलसि तिम्सिना कासि खाति लगायतको उपस्थिति रहेको थियो ।