२०७९ चैत्र १३, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ झापाको दमकमा एक सफल ब्यवसायीको रुपमा पहिचान बनाएका ज्ञाननाथ पौड्याल (ज्ञानु) पछिल्लो समयमा लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वानको माध्यमबाट सामाजिक क्षेत्रमा सक्रिय रुपमा लागेकाछन् । दमक किचन गुड्सका प्रोपाईटर उनि ब्यवसायभन्दा बढि सामाजिक कार्यमा नै ब्यस्त देखिन्छन् ।

कोरोनाको यो महामारीको सयमा दमक कोभिड उपचार केन्द्र नजिक रहेको आईसुलेसन सेन्टर बनाउदा होस या दमकको आम्दा अस्पतालमा लायन्स ईमरजेन्सि कक्ष निर्माणमा । साथै यो घडिमा बिभिन्न बिपन्न घरपरिवारसम्म राहत पुर्याउन उनको उपस्थिति रहेको छ । क्लवहरुसंग समन्वय र कार्यक्रममा सहभागिता उनको प्रमुख दायित्व नै बनेको छ ।

ईम्प्याक्ट लिडरको रुपमा उनि यो बर्ष लायन्समा सक्रिय रहेकाछन् । उनि अध्यक्ष रहेको क्लव लायन्स क्लव अफ दमक लखनपुर हो । यो एक महिनाको अवधिमा नेपालमा नै उनि आवद्ध डिस्ट्रिकको सबैभन्दा बढि कार्यक्रमहरु भएको बताईन्छ ।

साना ठुला गरेर दमक सहित पुर्व का बिभिन्न ठाँउहरुमामा ५ सयभन्दा बढि कार्यक्रम भएकाछन् । दमकमा फुड बैंक स्थापना भएको छ । अति विपन्नहरु भोकै रहनु नपरोस भनेर फुड बैंक स्थापना गरिएको उनको भनाई छ ।

बृक्षरोपण तथा पुराना विरुवाहरुलाई जोगाउने, भोकाहरुकालाई खाद्यन्न, रगतको अभाव हुन नदिन रक्तदान, छाला दान सम्बन्धिको अभियानहरु पनि चलिरहेको छ । आफ्नो अब दमकमा कुनै न कुनै राम्रो प्रोजेक्ट ल्याउने ध्याउन्ने आफु सहित यस क्षेत्रका लिडरहरु लागेको पौड्याल बताउछन् ।

दमकमा यो बर्ष नै केहि सामुदायिक विद्यालयहरुमा छात्रामैत्री शौचालय सहित सेनेटरी प्याड भेन्डिङ मेसिन राख्नका लागि क्लवहरुलाई अभिप्रेरीत गर्दै आएकाछन् । डिस्ट्रिक गर्भनर रेवतबहादुर कार्कीको यो एउटा रचानत्मक कामको थालनी हुनेछ । उनले यसलाई महत्व दिएकाछन् । गर्भनरले ल्याएको यो कार्यक्रमलाई सफल बनाउन यहाँ हामी पनि लागेका छौ, उनले भने ।