२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा बुधबारमात्र १ सय ४१ जना नयाँ कोरोना संक्रमित थपिएकाछन् । यो संक्रमण एकैदिन यति धेरै संख्यामा भएको पहिलो हो । यसले दमकमा कोरोना संक्रमणदर धेरै नै बढेको देखिन थालेको छ । वुधबार साँझ स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाभर २७४ जना कोरोना संक्रमित रहेकाछन् । यो सबै १५ वटै पालिकाको विवरण हो । यसमा दमकको मात्र आधाभन्दा धेरै अर्थात १ सय ४१ जना संक्रमित रहेकाछन् ।

देशभर नै सबैभन्दा बढि कोरोना संक्रमणदर बढदो दरमा रहेको झापा जिल्ला रहेको र यसमा पनि दमक बढि जोखिम रहेको आजमात्र सार्वजनिक भएको थियो । यसका मुख्य कारण सामाजिकदुरीको पालना नहुनु र स्वास्थ्य सावधानी नअपनाउदाको परिणाम भएको बताईन्छ । दमकमा कोरोना संक्रमण नियण्त्रणका लागि प्रभावकारी कदम चाल्न नसक्दा अचाक्कि रुपमा कोरोनाल संक्रमण बढ्न थालेको भन्न थालिएको छ । निषेधाज्ञाको पालना फिटिक्कै छैन भने निषेधाज्ञा पालना गराउन नगरपालिका र प्रशासनको उपस्थिति खास देखिदैन ।

दमकमा एकसाताको अवधिमा कोरोना संक्रमितको संख्या ४ सयभन्दा बढि नाघेको अवस्था छ । यस्तो अवस्थामा पनि कोरोना संक्रमणलाई रोक्न प्रभावकारी कदम र निषेधाज्ञालाई पालना गराउन नसक्दा झन्झन् खतरा बढ्ने देखिन्छ । यसले दमकमा ठुलो स्वास्थ्य संकट आउन सक्छ ।  एकैदिन झण्डै डेढ सय कोरोना संक्रमित थपिनुलाई सामान्य रुपमा लिईयो भने यसले भोली के अवस्था ल्याउला ? अहिले नसोचेर कहिले सोच्ने ?

स्थानीय सरकार दमक नगरपालिकाले जिल्लाको भन्दा कडा अर्थात बैकको एटिएम बाहेक सबै सेवा बन्द, बिना काम बाहिर ननिस्कन र पसल ब्यवसाय पुर्ण रुपमा ठप्प भनेको छ तर दमक नगरपालिकाको आफ्नै स्वामित्व र नगरपालिकाले भाडा उठाउने शब्जि बजारको पसल कवल र मासु विक्रीकेन्द्र खुलिरहेकाहुन्छन् । पसल अगाडि व्यवसायी ग्राहक कुरेर बस्ने र ग्राहक पनि गएर हतारहतार किन्ने गर्दा त्यहाँ न सुरक्षा मापदण्ड पालना छ न त कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने सावधानी नै अपनाएको देखिन्छ । यो कस्तो निषेधाज्ञा हो ? यो कस्तो लकडाउन हो ? दमकमा किन यति धेरै लापरवाही ? अचम्म छ ।

लकडाउन वा निषेधाज्ञा समस्याको सामधान होइन । कोरोना नियण्त्रणको अचुक औषधि होईन । तर यस वाहेकको विकल्प के छ त ? बजार खुल्दा कहाँ र कस्ले स्वास्थ्य सावधानी अपनाएको छ ? भोलि संक्रमणदर यहि दरले बढेर अस्पतालहरुमा खुट्टा राख्ने ठाँउ नहुने हो भने त्यो समय के गर्ने ? यस्ता बिषयमा स्थानीय सरकार र आम नागरिक पनि सजग नहुने भने अवस्था नियण्त्रण बाहिर जान सक्छ ।

स्थानीय प्रशासन र स्थानीय सरकारले लगाएको निषेधाज्ञा पालना गर्नु हामी सबैको कर्तब्य हो । यसलाई पालना गराउनु दायित्व स्थानीय सरकार र प्रशासनको हो । तर यसबै दु्बै पक्ष चुक्दा निषेधाज्ञाले सिमित बर्गका लागि कमाउने माध्यम र निम्नबर्गका लागि तथा अधिकाँशका लागि निक्कै मुश्किल अवस्था ल्याएको छ । यसर्थ कि निषेधाज्ञा पुर्ण रुपमा लगाउनपर्छ कि त यस्तो किसिमको लगाउनु हुन्न भनेर धेरैले सुझाव दिदै आएकाछन् ।

खोप लगाउनका लागि लागेको भिड कोरोना संक्रमणको अर्को कारक बन्ने खतरा पनि उस्तै देखियो । युद्ध मैदानमा गए जसरी कुनै प्रवाह नगरी नागरिकहरु खोप लगाउन गएको भेटियो । वास्तवमा नै खोप लगाउदा कोरोना युद्ध जितेको अनुभुत धेरैले गरेको देखियो । तर त्यहि भिडबाट कोरोनाको जोखिम पनि लिएर उ घर फर्केको पत्तो नहुन सक्छ । यो दमक र समग्र ठाँउको अवस्था हो । नियति हो । आम मानिसको भोगाई हो ।