दमकमा खोप नपाएपछि होटल व्यवसायीहरु आक्रोशित, खोप केन्द्र अस्तब्यस्त भएको भन्दै आलोचना
दमक/ होटल तथा पर्यटन ब्यवसायीहरुले खोप नपाएको भन्दै आक्रोश पोखेकाछन् । दमक उद्योग बाणिज्य संघको संयोजनमा २ सय खोप बाँडचुँड गर्ने क्रममा होटल व्यवसायीको भागमा ७ वटा परेपछि यसको विरोध भएको छ ।
होटल तथा पर्यटन ब्यवसायी संघ दमकका पुर्व अध्यक्ष राजन दंगालले सामाजिक सञ्जाल फेसुबमा नै कडा आक्रोश पोखेकाछन् । होटल ब्यावसायी संघ दमकलाई दिएको ७ थान भ्याक्सीन चन्दा भो, तपाईंहरुको परिवारलाई लाउनु होला । जय कोरोना, तपाईं हरुलाई स्वास्थ्यलाभको कामना, भनेर दंगालले लेखेकाछन् ।
खोप केन्द्रहरुमा जस्को शक्तिको उस्को भक्ति झै गरेर भिडभाड बढेको पाईयो । इलाका प्रहरी कार्यालय दमक र पशुपति मन्दिरमा खोप हान्ने कार्यक्रम रहेको थियो । यहाँ अधिक भिड रहेको जनाईएको छ ।