मेची सहकारी संस्थाको वासलात ३ अरब नजिक, घरवारविहिन सदस्यलाई आवास प्राथमिकता
दमक/ झापाको दमकमा मुख्य कार्यालय रहेको मेची सहकारी संस्थाले अब फेरी विपन्न सदस्यहरुलाई लक्षित गरेर सस्तो हाउजि ङ गर्ने भएको छ । मध्यम बर्गियलाई लक्षित गरेर अहिले सहकारीले निर्माण गरिरहेको हाउजिङ सफल रुपमा अघि बढिरहेको निष्कर्ष सहित अब सस्तो किसिमको हाउजिङ मा पनि सहकारीले ध्यान दिने भएको हो ।
सहकारीले आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै आफ्ना प्राथमिकताहरुको बिषयमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । सहकारीका अध्यक्ष नारायणप्रसाद भट्टराईले जनाए अनुसार दमक ४ मा निर्मित सहकारी आवास सम्पन्न गर्न १३ करोड बजेट छुट्याईएको छ । भने सहकारी आवास २ लागि जमिन खरिद गर्न ४ करोड ब्यवस्था गरिएको छ ।
सहकारीका ब्यवस्थापक खोमप्रसाद बगालेले दिएको जानकारी अनुसार सहकारीको वासलात २ अरब ९६ करोड ३४ लाख २९ हजार पुगेको छ । शेयर पुजी पनि ३१ करोड नाँघेको छ । ५ हजार ४ सय ८० जना सहकारीका सदस्य रहेकाछन् ।
दमक नगरपालिकाका प्रमुख तथा सहकारीका सल्लाहकार संयोजक रोमनाथ ओलीले मेची सहकारी संस्था नियमसंगत र सहकारीका सदस्यहरुको हितमा चलेको सहकारी संस्था भएको बताए । उनले कतिपय सहकारी सहकारीको रुपमा नचलेको पनि पाईएको भन्दै सदस्यहरु नै यस बिषयमा सजग बन्नु पर्ने उनको जोड थियो ।
यो पटक दमकमा निषेधाज्ञा रहेकाले पथरी सेवा केन्द्रको संयोजनमा पथरीमा प्रतिवेदन सार्वजनिक भएको हो । दमक सहित झापा, इलाम र मोरंगमा गरेर ७ वटा सेवा केन्द्र अहिले सञ्चालनमा रहेको र ४ वटा प्रस्तावित रहेको पनि जानकारी गराईएको छ ।