झापामा दमकमा सबैभन्दा बढि २७ हजार ५ सय ९२ जनालाई कोरोना विरुद्धको खोप

दमक/ झापाका नागरिकले दुई चरणमा कोभिड विरुद्धको १ लाख ९५ हजार ४८ डोज खोप लगाई सकेको सार्वजनिक भएको छ । कोभिसिल्ड, भेरोसेल र जोनसन खोप लगाइएको छ । पहिलो डोज १ लाख ७४ हजार ४ सय ५९ जनाले लगाइसकेका छन् भने २० हजार ५ सय ८९ जनाले दोस्रो डोज समेत पाईसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको हो ।
जिल्लामा ६१ हजार ८ सय २ जनाले कोभिसिल्ड खोप लगाएको झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । यस्तै, भेरोसेल पहिलो चरणमा ७५ हजार ७ सय १४ र दोस्रो डोज १२ हजार २ सय ९० जनाले लगाएका छन् । झापामा भेरोसेल लगाउनेको संख्या ८८ हजार ४ जनाले पुगेको चौलागाईको भनाई छ ।
तथ्याङक अनुसार झापाको दमकले सबैभन्दा धेरै नागरिकलाई खोप उपलब्ध गराएको छ । दमकका २७ हजार ५ सय ९२, मेचीनगरका २५ हजार २५, बिर्तामोडका २२ हजार ४ सय ९४ र भद्रपुरका २० हजार २ सय ६० जना नागरिकले खोप पाएका छन् ।
