दमकमा जेसिज स्थापना भएको ४० बर्ष पुग्यो

दमक/ दमक जेसिजले आफ्नो ४० औ बार्षिकोत्सव मनाएको छ । दमक उद्योग बाणिज्य संघमा एक कार्यक्रमबीच आफ्नो ४० औ बार्षिकोत्सव मनाएको हो । जेसिजले आफ्ना सदस्यहरुको ब्याक्तित्व विकास तथा नेतृत्व विकासका साथै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ ।
प्रदेश सभा सदस्य अर्जुन राई, संविधान सभा सदस्य दीपक कार्की, दमक उद्योग बाणिजय संघका अध्यक्ष गोकुल श्रेष्ठ लगायतको उपस्थितिमा केक काटेर र शुभकामना आदानप्रदान सहित बार्षिकोत्सव मनाईएको दमक जेसिजका उपाध्यक्ष लोकेश सापकोटाले बताए ।
दमक जेसिजका अध्यक्ष सुयोग खरेलले दमकमा जेसिजलाई यहाँ सम्म ल्याई पुर्याउन पुर्व अध्यक्षहरु तथा यसका संस्थापकहरुको ठुलो योगदान रहेको जनाउदै उनिहरुको त्यो बेलाको सोचलाई अवमूल्यन हुन नदिने गरी जेसिजकर्मीहरु लाग्ने जनाए ।