२०७८ अशोज २, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ दिन अगाडि

दमक/  कोरोना महामारीकाका कारण बन्द भएका विद्यालयहरु अब विस्तारै खुल्न थालेकाछन् । दमक सहित जिल्लाका ग्रामिण क्षेत्रहरुमा बिद्यार्थीहरुको पठनपाठन स्वतस्फूर्त रुपमा हुन थालेपनि शहरी क्षेत्रमा भने विद्यालयहरु बन्द नै रहेकाछन् ।

दमक नगरपालिकाले सरोकारवालाहरुसंग छलफल गर्दै सुरक्षा मापदण्ड पालना गरेर विद्यालय खोल्नका लागि अनुमति दिने जनाउ दिएको बताईएको छ । कम्तिमा पनि दूई सिफ्ट बनाएर पठनपाठन गर्न सके कोरोना संक्रमणबाट बालबालिकाहरुलाई बचाउन सकिने बिषयमा पनि छलफल भएको जनाईएको छ ।

झापामा अधिकाँश नगरपालिका तथा गाँउपालिकाहरुले विद्यालय खोल्नका लागि अवरोध गरेका छैनन् । उनिहरुले खोलेका विद्यालयहरुलाई पनि कडाई गरेका छैनन् । यसले गर्दा जिल्लाभर नै विद्यालयहरु सञ्चालन हुन थालेको पाईएको छ ।