लायन्स क्लव अफ दमक मिड टाउन र श्रीअन्तुद्धारा न्यायाने कपडा र कम्प्युटर प्रदान

दमक/ लायन्स क्लव अफ दमक मिड टाउन र श्रीअन्तुले जाडोमा बालबालिकाहरुका लागि आवश्यक न्यानो पोशाक बितरण सहित बिद्यालयका लागि कम्प्युटर सहित माक्र्स र सेनेटाइजर बितरण कार्यक्रम गरेको छ । गिताअन्जली आधारभूत बिधालय चुलाचुली ६ ईलाममा सोमबार यो कार्यक्रम गरिएको हो ।
लायन्स क्लव अफ दमक मिडटाउनका अध्यक्ष बद्रि बरालका छोरा डोनाल्डसन बरालको जन्मदिनमा हुने फजुल खर्चलाई रोकेर बिपन्न बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको बताईएको छ । लायन्स सप्ताह अन्र्तगत यो कार्यक्रम गरिएको बरालले बताएकाछन् । सोहि बिद्यालयमा लायन्स क्लव अफ दमक श्री अन्तुले कम्यूटर प्रदान गरेको छ ।