दमकको जस्तोसुकै ग्रामिण क्षेत्रमा पनि ईन्टरनेटको पहुँच पुर्याएका छौ-राजन तिम्सिना
दमक/ वल्र्ड लिंक कम्यूनिकेशन दमकका प्रमुख राजन तिम्सिनाले दमकमा माग भए अनुसार जस्तोसुकै ग्रमिण क्षेत्रमा पनि ईन्टरनेट पुर्याएको बताएकाछन् । हामीले माग भए अनुसार दमकका ग्रामिण क्षेत्रहरुमा समेत ईन्टरनेट पुर्याएका छौ, तिम्सिनाले भने ।
खेतको बीचमा किसानहरुले कृषि फार्म बनाउनु भएको छ भने त्यहाँ पनि ईन्टरनेट पुर्याएका छौ, उनले भने । दमकका अधिकाँश सार्वजनिक स्थलहरुमा फ्री वाईफाइ लगायतको बिभिन्न सुविधाहरु पनि वल्र्ड लिंकको रहेको उनले बताए । नेपालभर १५ हजार स्थान र दमकमा मात्र २५० स्थानमा वल्र्डलिंक फ्री वाइफाइ चल्ने जनाईएको छ ।
सेवाको गुणस्तरमा कमी नल्याउनका लागि आफुहरु सधै लागि परेको पनि उनले बताए । गुनासोहरु आँउदा सकेसम्म छिटो गुनासो सम्बोधन गर्दै आएकाछौ र गर्न प्रतिबद्ध पनि छौ, उनले भने ।
गुणस्तरीय सेवाहरूको लागि लगातार प्रयास गरी ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सधैं अगाडि बढ्नेछौ, तिम्सिना भन्छन् । उपभोक्ताको चाहाना र विश्वासले दमक र आसपासका क्षेत्रहरुमा समेत ईन्टरनेटको पहुँच बढ्दै गएको तिम्सिनाले बताए । बिपन्न तथा ग्रामिण क्षेत्रका उपभोक्तालाई लक्षित गरेर सस्तो दरको ईन्टरनेट सेवा पनि आफुहरुले दिइरहेको उनले जनाए ।