२०८१ जेष्ठ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ लायन्स क्लव अफ दमक सेविकाले स्वास्थ्य जीवनका लागि सचेतना जोगाउने उदेश्यले पहिलो पटक दमकमा अक्वा जुम्बा जुम्बा कार्यक्रम सम्पन्न गरेको छ । दमक स्थित टि टाउन होटलको स्विमिङ पुलमा यो कार्यक्रमको आयोजना भएको हो ।

सांगीतिक माहोलका साथै बडी सेपिङका कुरासमेत आउने भएकाले पनि जुम्बाको लोकप्रियता बढिरहेको अवस्थामा सेविकाले यसलाई आकर्षक रुपमा सम्पन्न गरेको छ । अक्वा जुम्बा अर्थात् स्विमिङ पुलमा गर्ने जुम्बाको क्रेज काठमण्डौमा भनेर बढ्दो रहेको छ ।

जुम्बामा पूरै बडीको एक्सरसाइज हुन्छ । जसले शरीरलाई फिट राख्न मद्दत गर्छ । लायन्स क्लव अफ दमक सेविकाकी अध्यक्ष कमल घिमिरेका अनुसार यस प्रकारले जुम्बाको महत्वको विस्तार गर्न यसले सहयोग पुग्नेछ भन्ने विश्वास छ ।