भदौ महिना र उपलब्धि-रंगिन बन्यो फेसबुक

कोशराज प्याकुरेल
भदौ महिनामा सामाजिक संजाल विषेश गरेर फेसबुक वालमा पोष्ट गर्ने ठाउँ नपाईएला जस्तो रह्यो । भरखरै बिदा भएको तिजमा त झन् महिला दिदीबहिनीहरु बाट रंगिन वाल हेर्दा लाग्थ्यो चाडहरु मध्ये तिज अत्यन्तै भाग्यमानी रहेछ। रातो वस्त्र मा सजिएका दिदीबहिनीहरु अत्यन्तै हर्षका साथ आधुनिक तथा परम्परागत गीतका भाकामा रमाउदै प्रस्तुत गर्नु भएका नृत्यले जो कोहि लाई नलोभ्याएको थिएन होला । धन्य हुन् हाम्रा अहिलेका भाग्यमानी दिदीबहिनी किनभने पहिले पहिलेका दिदीबहिनीहरु लाई १ दिन दर खान पनि हम्मेहम्मे हुन्थ्यो तर आज भिन्नभिन्न संघसंस्था , समूह र साथीहरू विचमा आयोजना गरेर महिनौं दिन दर कै नाम दिएर रमाइलो गर्न पाउनु भएको छ तर पनि खुसी मान्नु पर्छ यो एउटा सम्पन्नता को सुचक हुन सक्छ।
त्यसपछि रह्यो कक्षा १२ को परीक्षाफल जो भरखरै प्रकाशित गर्यो राष्ट्रिय परीक्षा बोर्डले। त्यो पनिफेसबुक वालमा छ्याप्छ्याप्ती भयो र त्यो हेर्दा लाग्थ्यो आफूसग बढी फेसबुकमा साथी भएर होकि के हो १२ कक्षा उत्तीर्ण गरिरहदा प्राप्त परिणाम तथा ल्याएको ग्रेड हेर्दा हाम्रो बिद्यालयका पुर्व बिद्यार्थी हरुको बाहुल्यता रह्यो । साच्चै भन्नू पर्दा कोरोनाले स्थगित भएको परीक्षा एसईई २०७६ ब्याचका ६२ जना नानीहरू जसलाई बिद्यालयले आंतरिक मुल्यांकन गरि उच्च शिक्षा अध्ययनको बाटो खोलिदिएको थियो तिनै नानीहरू ले भरखरै १२ कक्षाको नतिजा मा आफुलाई खरो उतारेका छन् । उनीहरूले प्राप्त गरेको परिणाम बाट हामी अत्यन्तै सन्तुष्ट भएका छौं। तेसैको निरन्तरता कोभिड पछिको पहिलो एसईई २०७८ जुन राष्ट्रिय परीक्षा बोर्डले लिएको थियोे र त्यस बाट प्राप्त परिणाम प्रतिशतको आधारमा जिल्ला कै नमुना रह्यो । हामी हाम्रा शिक्षक साथीहरू जसले मेहनत गर्न सिकाउनु भयो ,नानीहरू जसले मेहनत गरे र अभिभावक ज्यु हरु जसले बिद्यालय ले दिएको पठनपाठन सम्बन्धि कार्यक्रम मा नानीहरू लाई समावेश गराई दिनु भयो यहाँ हरु सवै सग ऋणी छौं। आगामी दिनमा पनि यस्तै उच्चतम परिणाम हासिल गर्न यहा हरु को साथ र सहयोग मा बिद्यालय सदैव अपेक्षारत रहने छ ।
यसको कारणले पनि फेसबुक वालरंंगीन रह्यो । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सवै राजनीतिक पार्टीले आफ्ना दलका उमेदवारको नाम तल्लो कमिटी बाट मागिरहदा र सिफारिस भई रहदा शुभकामना तथा बधाई को ओइरो हेर्दा लाग्थ्यो । उहाँहरु विजयी भई सक्नु भयो। तथापि उहाँ हरु एउटा प्रक्रियामा मा पसिसक्नु भएको छ हाम्रो तर्फबाट पनि विजयको शुभकामना । हुन त चुनाव को परिणाम कस्को पोल्टोमा जान्छ त्यो अनिश्चित नै हुन्छ । भरखरैको स्थानीय निर्वाचन ले त्यसको पक्षपोषण गरिसकेको छ। परिवेश हेर्दा राजनीतिक पार्टी , तिनका नेतृत्व र कार्यकर्ताबाट सर्वसाधारण अघाएका हुन् कि जस्तो लाग्छ। भ्रष्टाचार मौलाएको हेर्दा र निलम्बित प्रधानन्यायाधीशको कुरा सुन्दा लाग्छ नेपालका कुनै पनि संवैधानिक अंग, राजनीतिक नेतृत्व ,नेता तथा कार्यकर्ता चोखा छैनन्। त्यसैले गर्दा पनि स्वतन्त्र उमेदवारको क्रेज बढेको देखिन्छ । राजनीति कुनै न कुनै वाद अथवा सिद्धान्त बाट परिचालित हुनु पर्छ। र व्यक्ति होइन विधि हावी हुनु पर्छ। हाम्रो जस्तो मुलुकमा यसको अभाव देखिन्छ । बहुमतको सरकार ले पुर्ण कार्यकाल काम नगर्नु , पटकपटक सरकार परिवर्तन भई रहनु निश्चितरूपमा राम्रो संकेत होइन। परिवर्तन लाई आत्मसात गर्न नसकेको भन्ने ठहर्छ । राजनीतिक पार्टी र तिनका नेतृत्व बेलैमा सचेत नभए मुलुक फेरि पनि राजनीतिक दुर्घटनामा नपर्ला भन्न सकिन्न ।
र अन्त्यमा आशा गरौं यो निर्वाचन ले जन अपेक्षा लाई आत्मसात गर्न सकोस् । हाम्रा भन्दा राम्रा र योग्य उमेदवार ले विजय हासिल गरून् र देश सम्पन्नता को बाटो लिन सफल रहोस् । सवैमा शुभकामना ।
(लेखक प्याकुरेल दमकस्थित एभरेष्ट बोर्डिङ भरेष्ट बोर्डिङ हाई स्कुलका संस्थापक सञ्चालक रहनु भएको छ )