२०८१ बैशाख ७, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ नेकपा एमाले दमक नगर कमिटीको बिस्तारित बैठकबाट राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीको संयोजकमा विवेक शर्मा भट्टराई चयन भएकाछन् । संघमा जिम्मेवारी हेरफेर हुँदै आएको छ ।

निर्वाचन केन्द्रित रहेर जन बर्गिय संगठनहरुलाई मजबुद बनाउन शुरु भएको नेकपा एमाले दमक नगर कमिटीले जनाएको छ । भट्टराईले आफुलाई जिम्मेवारी दिने सबैप्रति आभार प्रकट गर्दै युवाहरुका लागि भरपर्दो संगठनको रुपमा अघि बढाउन प्रयत्नशील रहने प्रतिबद्धता जनाएकाछन् ।