२०७९ चैत्र १३, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता २ महिना अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमक ६ स्थित नमुना वजारको पसलमा आगो लगाउने कार्यमा संलग्न रहेको आंशकामा ईलाका प्रहरी कार्यालय दमकले एक ब्याक्तिलाई पक्राउ गरेको छ । आज विहान करिव ३ वजेतिर आगलागी हुँदा डेढ करोडभन्दा बढिको क्षति पुगेको छ ।

आगलागीमा परेर संगीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने, पुनम घिमिरेको कपडा तथा कस्मेटिक पसल जलेका छन् । आगो नियन्त्रण गर्नेक्रममा अन्य केही पसल भत्काइएका छन् ।

ईलाका प्रहरी कार्यालय दमकका प्रमुख दिलिप गिरीका अनुसार आगो लगाएको अभियोगमा एक शंकाश्पद ब्याक्तिलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको छ ।

बिद्यूत सर्ट भएर आगोलागी भएको भन्ने धेरैको अनुमान रहेपनि प्रहरीले सिसि क्यामेरा फुटेजका आधारमा शंकाश्पद ब्याक्तिलाई नियण्त्रणमा लिएको हो ।

आगोलागीको बारेमा बुझ्न र स्थलगत निरिक्षणका लागि झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गा रेग्मी पनि विहान घटनास्थलमा आएका थिए ।

उनिहरुले घटनाको बिषयमा सुक्ष्म अनुसन्धान गर्न निर्देशन दिएको बताईएको छ । पक्राउ परेका ब्यक्तिले आगो लगाएको स्वीकार गरेपनि के कारण लगाएको भन्ने नखुलाएको श्रोतको दाबी छ ।