२०८२ जेष्ठ ३, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ हप्ता अगाडि

बिष्णुप्रसाद पोखरेल

मैले जे देखेँ त्यहि लेखे

दमक/ केही समययता झापाको दमकमा रात्रीकालिन ब्यवसायले दमकको चमक थपिएको छ । सुस्ताएको ब्यापारलाई यसले नयाँ उत्साह दिएको छ । निक्कै बर्ष पहिले नै दमकमा यो अवधारणा आएको थियो । त्यही अनुसार दमकमा नमुना बजार तथा नमुना मार्ग बन्यो । रात्रीकालिन ब्यवसायको उद्घाटन पनि गरियो । तर ब्यवसायीहरुको विरोध र नमुना सडकमा सवारी साधन अवातजावत अवरोध भयो भनेर बिरोध भयो ।

केही समय अघि जब दमकको पशुहाट नजिकै दमक पशुहाटदेखि उत्तर दमक नगरपालिका कार्यालय जाने सडकमा रात्रीकालिन बजारमा अचाक्लि भिड बढ्यो अनि त्यसपछि दमकको मिशाल बजार र नमुना बजारमा पनि यसको अनुशरण गरियो । जसले अहिले भिडभाड त्यता बढेको देखिन्छ । यसले के देखाउछ भने रात्रीकालिन बजार दमकका लागि आवश्यक रहेछ ।

दमकको रात्रीकालिन बजारलाई ब्यवस्थित गर्नका लागि स्थानीय सरकार र दमक उद्योग बाणिज्य संघ लाग्न जरुरी छ । दमकका मुख्य बजार र केन्द्रहरुलाई आधार बनाएर ठाँउ तोकेर साप्ताहिक रुपमा यस्तो बजार लगाउने गरिदा राम्रो हुन्छ । एकदिन अर्थात कुनै बार मिशाल बजार र नमुना बजार, अर्कोबार दमक पशुहाट नजिक, अर्को कुनै बार पुरानो शब्जि बजार क्षेत्र लगायत तोकेर यसलाई ब्यवस्थित गरिने हो भने यसबाट यहाँका ब्यवसायीमात्र नभएर दमकलाई पनि फाइदा पुग्छ ।

अहिले विशेष गरेर कपडा, जुत्ताचप्पल र कस्मेटिकमा केन्द्रित भएको देखिन्छ । यसलाई थप अन्य दैनिक उपभोग्य सामाग्रिहरु, घरेलु उत्पादनहरु, खाद्य परिकारहरुसंग पनि जोडेर आन्तरिक पर्यटकहरुलाई जोड्न सकिन्छ । कोशी प्रदेश सरकारले २०८२ साल पर्यटन बर्ष मनाइरहेकाले यो संग पनि जोडेर दमकको आर्थिक तथा ब्यवसायीक गतिविधिलाई चलयमान बनाउने अवसरको रुपमा बिकास गरिनुपर्छ ।


  1. ब्यवसायमा नयाँ उत्साह:

    • रातको समयमा पनि व्यापार सञ्चालन गर्दा व्यवसायीहरूले नयाँ आम्दानीको स्रोत पाउनेछन्।

    • रमाइलो वातावरण र सांगीतिक कार्यक्रमले बजारलाई आकर्षक बनाउन सकिन्छ।

  2. पुराना स्टकहरू हटाउने अवसर:

    • कम मूल्यमा पुराना सामानहरू बिक्री गर्न सजिलो, जसले स्टक क्लियर गर्ने र नगद प्रवाह सुधार्ने मौका दिन्छ।

  3. व्यस्त दिनचर्यावालाहरूका लागि उपयुक्त:

    • दिउँसो समय नभएका विद्यार्थी, कर्मचारी वा गृहिणीहरूका लागि साँझ र रातको समय किनमेल गर्न उपयुक्त हुन्छ


चुनौतीहरू (Challenges):

  1. सुरक्षा व्यवस्था:

    • रातको समय भएकाले प्रहरी, ट्राफिक, स्वयंसेवकजस्ता सुरक्षा निकायहरूको प्रभावकारी समन्वय आवश्यक हुन्छ।

  2. विद्युत र बत्तीको व्यवस्था:

    • राम्रो प्रकाश व्यवस्था बिना वातावरण असुरक्षित र अलमलिलो देखिन सक्छ।

  3. सफा-सफाई र फोहोर व्यवस्थापन:

    • राति बजार चल्दा पनि फोहोर व्यवस्थापन सम्हाल्न नगरपालिकासँग सहकार्य गर्नुपर्छ।

  4. आवाज र ट्राफिक व्यवस्थापन:

    • स्थानअनुसार आवाजको असर, ट्राफिक जाम, पार्किङ समस्याहरूको समाधान आवश्यक पर्छ।

  5. स्थायी बनाउने चुनौती:

    • सुरुवाती उत्साहपछि पनि निरन्तर व्यवसाय, ग्राहक संख्या र वातावरणको आकर्षण कायम राख्नुपर्ने हुन्छ।


दमकमा रात्रीकालिन बजार सञ्चालन गर्नु धेरै सम्भावनायुक्त कदम हुन सक्छ । यसलाई योजनाबद्ध रुपमा अघि बढाउनुपर्छ । स्थानीय निकाय, व्यवसायी र सर्वसाधारणको सहकार्यले यो बजारले दमकको आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्‍याउन सक्छ।