२०८२ पुस ९, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ हप्ता अगाडि

दमक/नेकपा एमालेको झापा क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधि छान्ने मतदानको मतगणना विवादका कारण स्थगित भएको मतगणनाको बिषयमा अन्योल सिर्जना भएको छ । मतगणनाको क्रममा लफडा भएपछि मतगणना स्थगन भएको थियो ।

पाँच जना प्रतिनिधि छानिनुपर्ने अवस्थामध्ये ६ जनाबीच कडा टक्कर छ। कोशी प्रदेश सरकारका खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्की, प्रदेश सांसद चिन्तन पाठक, एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरी, बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन र पेशागत महासंघका स्थायी समिति सदस्य देवराज कार्कीबीच प्रमुख प्रतिस्पर्धा देखिएको थियो ।

बुधबार राति बिर्तामोड–४ स्थित एमाले जिल्ला पार्टी कार्यालयमा नगर प्रमुख गोम्देन पक्षधरहरुले शुरुदेखि नै पुनः मतगणना गर्नुपर्ने अडान राखेपछि बिबाद भएको बताईएको छ  ।

मतगणना हुँदा एकराज कार्की १२८१, सुवास भट्टराई ११४१, प्रेमबहादुर गिरी १११३, चिन्तन पाठक १०६३, देवराज कार्की १०६३ र बलदेवसिंह गोम्देन १०१७ मतसहित छन्। ५९४ मत गणना हुन बाँकी थियो ।