कांग्रेसले धरानमा नेकपाको लाल किल्ला तोड्यो, हारपछि जनतासँग नाता जोड्यो
६ वर्ष अगाडि
शान्तिराज राई, काठमाडौ
अन्ततः सुनसरीको धरानमा एमालेको लालकिल्ला ढलेको छ । यो भन्दा पहिलेको निर्वाचनमा एमाले एक्लैले जितेको निर्वाचन अहिले पार्टी एकता भएर पनि आफ्नो साख जोगाउन सकेन । अन्ततः नेकपाको ह्याटि्रक नेपाली काङ्ग्रेसका उम्मेदवार तिलक राईले तोडेका छन ।
नेपाली काङ्ग्रेसका तिलक राईले २६७०९ मत ल्याएर विजयी भए भने नेकपा प्रकाश राईले २३९१४ मत प्राप्त गरे ।
गएको निर्वाचनमा काङ्ग्रेस एमाले एक्ला एक्लै र माओवादी केन्द्र सङ्ग अन्य नौ दल मिलेर मेयरको निर्वाचन लडेको थियो ।
त्यसमा ११ हजार १ सय ८० मत प्राप्त गरेको थियो माओवादी केन्द्रले र विजयी एमालेले २०,९७५ मत प्राप्त गरेको थियो । यो मत जोड्ने हो भने नेकपाको ३२१५५ हुन आउँछ ।नेपाली काङ्ग्रेसका अहिलेकै उम्मेदवार तिलक राई ४ हजार भन्दा बढी मतले पराजित भएका थिए ।