२०८३ कार्तिक १२, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

नेकपाका नेता एवं संबिधानसभा सदस्य दीपक कार्कीले बामदेव गौतमका कारण पार्टी बिवादमा फसेको र पछिल्लो समयमा सरकारको समेत आलोचना भएको जनाएकाछन् ।

उनले जनताबाट हारेको ब्याक्तिले लोभ गर्नु नहुने भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाइ विवादमा नपार्न आग्रह गरेकाछन् ।

दमकमा भएको एक कार्यक्रममा बोल्दै उनले वामदेवका लागि पार्टीलाइ बद्नाम बनाउने कार्य नगर्न सुझाव दिए । सरकार र पार्टीको असफलता चाहाने तत्वहरुको खेलको पछि कोहि पनि लाग्नु हुदैन, उनले भने ।

कार्कीले ओलीले देशका लागि देखेको सपनालाइ सार्थक तुल्याउन लाग्ने समयमा विवादमा अल्झाउन लागि परेकाहरु विरुद्ध लाग्नु पर्नेमा जोड दिए ।