समयमा काम सकेर स्याब्बासी पाउदै दमकका निर्माण ब्यवसायी प्रकाश केसी
दमक/ प्रविण निर्माण सेवाका सञ्चालक एवं दमकका सामाजिक ब्याक्तित्व प्रकाश केसी समयमा काम सक्ने असल निर्माण ब्यवसयी भएको भन्दै प्रशंशीत बनेकाछन् । उनले दमकको बसपार्कको टर्मिनलको अन्तिम काम समयमा सकेको भन्दै उनी प्रशशीत भएकाहुन् ।
उनी अहिलेसम्मको काममा निर्माण क्षेत्रमा पुर्वमा समयमा काम गर्ने असल निर्माण ब्यवसायीको रुपमा चिनिएकाछन् । गौरादह ५ महारानीझोडा स्थित स्वास्थ्य चौकी भवन उद्घाटन कार्यक्रममा सरकारका महान्याधिवक्ता अग्नि खरेल र सामाजिक विकास मन्त्रि सहितको उपस्थितिमा उनलाइ प्रशंशापत्र प्रदान गरिएको हो ।

उनले आफु निर्धारीत समयका काम गर्न सधै प्रतिबद्ध रहेको केसीले जनाए । समयमा बजेट नआउदा र कसैले अप्ठेरो परिष्थिति सिर्जना नगरेको अवस्थामा तोकिएको समयका काम गर्छु, उनले भने । उनले दमकको नमुना बस्ति पनि बनाएकाहुन् ।

