झापामा ओरियन्सको धन्दामा नेतादेखि प्रहरीसम्मको संलग्नताले तै चुप मै चुप
दमक/ नेपालमा अवैध रुपमा नेटवर्क ब्यवसाय गर्दै आएको ओरियन्समा दमक सहित झापाका नेता देखि लिएर प्रहरी र प्रहरीका परिवारसम्म लागेको पाईएको छ । यहि कारणले यसमा संलग्नहरुमाथि प्रहरीले निगरानी बढाउन सकेको छैन ।
छिटो धनी र मनग्यै पैसा कमाउन भन्दै ललाइफकाई र मासिक लाखौ आम्दानी हुने भन्दै भारत लगेर तालिम दिएर ओरियन्सबारे घण्टौ भाषण गर्न लायक बनाएर आफन्तलाइ उत्पादित सामाग्रि बेचाएर कमाउधन्दा चलाइने गरेको बताईन्छ ।
दमकमा यसका २ सयभन्दा बढि एजेन्टहरु रहेको श्रोतको भनाई छ । पार्टीका नगर सभापति भएका ब्याक्ति देखि लिएर समाजका लब्ध प्रतिष्ठित ब्याक्तिहरु सम्म यसमा सामेल रहेकादाबी गरिदैआएको छ । १८ देखि २५ उमेर समुहका युवतीहरुलाइ झनै बढि प्रयोग गरेको देखिन्छ ।
एक एजेन्ट भन्छन्, प्रहरीले हामीलाइ केहि गर्न सक्दैन र उनिहरुको परिवारनै हामी जस्तै काम गर्छन् । झापामा काकडभिट्टा नाका भएर दिनहु सयौको ओहोरदोहोर रहेको र ओरियन्सका उत्पादनहरु आइरहेको भएपनि प्रहरी देखेको नदेखै गरेकोप्रति आँशका रहेको प्रत्यक्षदर्शीहरु बताउछन् ।

