२०८३ कार्तिक १२, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटक मृगौला प्रत्यारोपण नेपालकै सरकारी अस्पतालमा हुने भएको छ । बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा ओलीको दोश्रो पटक मृगौला प्रत्यारोपण हुन लागेको ओलीको सचिवालय श्रोतले जनाएको छ ।

 

प्रत्यारोपणका लागि सोमबार नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने बताइएको छ। प्रत्यारोपणका विषयमा प्रधानमन्त्री ओलीले बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकमा जानकारी गराएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

 

यसअघि १२ वर्ष पहिला भारतमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भएको थियो।